जनता टाइम्स

१२ श्रावण २०७६, आईतवार ०९:३५

भक्तपुरको बिकाशमा अझ सक्रिय बन्दै महेश बस्नेत : एकै दिन १७ आयोजनाको छडके निरीक्षण


भक्तपुर, साउन १२ । नेकपाका नेता तथा सांसद महेश बस्नेतले एकै दिनमा १७ ओटा आयोजनाको स्थलगत निरिक्षण गर्नभएको छ । सम्बन्धित नगरपालिकाका जनप्रतिनिधिसहित बस्नेतले शनिवार ती आयोजनाहरुको निरीक्षण गर्नुभएको हो ।

आफ्नो निर्वाचन क्षेत्रमा मात्र नभई समग्र भक्तपुर जिल्लालाई समृद्ध र विकसित बनाउने लक्ष्यका साथ सांसद बस्नेतले शनिवार भक्तपुर जिल्लाको क्षेत्र नं १ अन्तरग चाँगुनारायण नगरपालिकामा रहेका आयोजनाहरुको निरीक्षण गर्नुभयो । निरीक्षणमा भक्तपु जिल्ला समन्वय समिति प्रमुख नबराज गेलाल ,नगरप्रमुख सोम मिश्र, उपप्रमुख विना बास्तोला, वडाध्यक्ष श्याम सुन्दर धिमाल, वडा सदस्यहरु र स्थानीयबासीले सांसद बस्नेतलाई साथ दिनुभएको थियो । टोलीले पूर्वजानकारी बिना कामको छड्के निरीक्षण गरेको हो । निरीक्षणका क्रममा सांसद बस्नेतले काममा भइरहेको प्रगतिका साथै कमी कमजोरी र त्रुटीलाई सुधार्न सुझाव दिनुभयो ।

यी हुन निरीक्षण गरिएका आयोजना

१. चा.न.पा वडा नं-१ मा उपत्यका नगरविकास प्रधिकरणबाट विनियोजित रु २५ लाखको लागतमा खड्का टोलबाट के.एम.सि जाने बाटो १० मिटर चौडा विस्तार र स्तरान्नतिको काम,

२. चा.न.पा वडा नं-२ मा रु १ करोड नगरपालिकाबाट र उपत्यका नगरविकास प्राधिकरणबाट रु ५० लाखको लागतमा दुवाकोट वडा कार्यालय जाने ६ मिटर चौडा बाटो विस्तार ढल र पिच गर्ने काम,

३. चा.न.पा वडा नं ३ झौखेलमा उपत्यका नगरविकास प्राधिकरणबाट विनियोजित रु १४ लाखको लागतमा सुवाल टोलबाट गया टोल जाने ६ मिटर चौडा बाटो विस्तार र स्तरोन्नतिको काम,

४. चा.न.पा वडा नं ३ झौखेलमा उपत्यका नगरविकास प्राधिकरण बाट विनियोजित रु ६२ लाखको लागतमा न्यौपाने गाउँबाट गेलाल गाउँ जाने १२ मिटर चौडा बाटो विस्तार र स्तरोन्नतिको काम,

५. चा.न.पा वडा नं ३ झौखेलमा उपत्यका नगरविकास प्राधिकरण,सडक विभाग र प्रदेशबाट विनियोजित रु ५ करोड ७७ लाखको लागतमा जागृति चोकबाट गेलाल गाउँ जाने १२मिटर सडक विस्तार,ढल र कालोपत्रे गर्ने काम,

६. चा.न.पा वडा नं ४ को चाँगुनायण मन्दिरमा राष्ट्रिय पुननिर्माण प्राधिकरण बाट विनियोजित रु ५ करोडको लागतमा मन्दिर जाने १००० सिडि निर्माण, साङ्ग पोखरी निर्माण र पथमार्ग निर्माणको काम,

७. चा.न.पा वडा नं ४ मा उपत्यका नगरविकास प्राधिकरणबाट विनियोजित रु १४ लाखको लागतमा डि टोलबाट न्यौपाने गाउँ जाने सडक १४ मिटर विस्तार र स्तरोन्नतिको काम,

८. चा.न.पा वडा नं ३ झौखेलमा सडकबाट ६ करोड र उपत्यका नगरविकास प्रधिकरणबाट विनियोजित रु ६० लाखको लागतमा ८मिटर चौडा बाटो विस्तार फुटपात र कालोपत्रे गर्ने काम,

९. चा.न.पा वडा नं ३ झौखेलमा उपत्यका नगरविकास प्राधिकरणबाट रु १ करोड र नगरपालिकाबाट विनियोजित रु १ करोडको लागतमा वडा कार्यालयबाट लोकतान्त्रीत मार्ग जाने सडक विस्तार, ढल र स्तरोन्नति गर्ने काम,

१०. चा.न.पा वडा नं ३ मा नगरपालिकाबाट विनियोजित रु २० लाखको लागतमा झौखेल खानेपानीको डिप वारिङ्गको काम जुन केन्द्रीय योजनामा समेत परेको,

११. चा.न.पा वडा नं ३ झौखेलमा उपत्यका नगरविकास प्रधिकरण बाट रु २५ लाख र प्रदेश सरकारबाट बिनियोजित रु १ करोड लागतमा कमल पोखरीबाट लाकिला जाने सडक १० मिटर चौडा विस्तार र स्तारोन्नति गर्ने काम,

१२.चा.न.पा वडा नं ४ मा उपत्यका नगरविकास प्राधिकरण बाट विनियोजिता रु २५ लाखको लागतमा ज्योतिलिङ्गेश्वर वुढाथोकी गाउँ जाने बाटो ६मिटर विस्तार र स्तरोन्नतिको काम,

१३. चा.न.पा वडा नं १ मा उपत्यका नगरविकास प्राधिकरणबाट विनियोजित रु २० लाखको लागतमा सरस्वती खेलबाट सामथली जान बाटो ८मिटर विस्तार र स्तरोन्नती गर्ने काम,

१४. चा.न.पा वडा नं ५ छालिङ्गमा उपत्यका नगरविकास प्राधिकरण बाट रु २५ लाख र प्रदेश सरकार बाट विनियोजित ५८ लाखको लागतमा खरिपाटी व्यारेकदेखि रातोपाटी हुदैँ वडा कार्यालय जाने सडक १४ मिटर चौडा विस्तार र स्तारोन्नतिको काम,

१५. चा.न.पा वडा नं ५ छालिङ्गमा उपत्यका नगरविकास प्राधिकरणबाट विनियोजित रु ४० लाखको लागतमा पकुनेको पाटीबाट कालिटार जाने ८ मिटर चौडा सडक विस्तार र स्तरोन्नतिको काम,

१६. चा.न.पा वडा नं ५ छालिङ्गमा प्रदेश सरकारबाट विनियोजित रु ५० लाखको लागतमा थापागाउँ जाने सडक ६ मिटर विस्तार र स्तरोन्नति र कालोपत्रे गर्ने काम,

१७. चा.न.पा वडा नं २ दुवाकोटमा उपत्यका नगरविकास प्राधिकरणबाट विनियोजित रु १० लाखको लागतमा शवशक्ति टोल यूमार्गको उकालो ढलान गर्ने कामलगायतका रहेको छन् ।