जनता टाइम्स

१४ श्रावण २०७६, मंगलवार १३:२०

बिमानस्थलबाटै समातीय क्लब डेजाभूका अध्यक्ष मनोज श्रेष्ठ


काठमाडौं, साउन १४ । दरबारमार्गस्थित क्लब डेजाभूका अध्यक्ष मनोज श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । चेक बाउन्स मुद्दामा फरार रहेका मनोजलाई बिमानस्थल प्रहरीले आज पक्राउ गरेको हो ।

उनीबिरुद्ध प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) मार्फत गत माघ १५ गते डिफ्युजन नोटिस जारी गराएको थियो । हङकङबाट नेपाल आएका श्रेष्ठलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो । कम्पनी मर्मत गर्न भन्दै विश्वराम श्रेष्ठबाट दुई करोड रुपैयाँ लिएका मनोजले उक्त रकम फिर्ता गर्ने क्रममा चेक दिएका थिए ।

तर खातामा रकम नभएपछि विश्वरामले उक्त चेक बाउन्स गराएर कानूनी प्रक्रिया अगाडि बढाएका थिए । गत बर्षको पुस १३ गते श्रेष्ठले प्रहरी परिसर काठमाडौंमा मनोजविरुद्ध बैंकिङ कसुरमा जाहेरी दिएका थिए । सो मुद्धापछि फरार श्रेष्ठ आज नेपाल आएका हुन ।