जनता टाइम्स

१४ श्रावण २०७६, मंगलवार १७:५४

स्कूल विभागको नेतृत्व लिन झलनाथ खनाल तयार, पोखरेल पनि योग्य रहेको ठोकुवा


झापा, साउन १४

पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनालले इश्वर पोखरेल पनि योग्य रहेको बताउनु भएको छ । उहाले सबै नेता सो विभागको नेतृत्व लिन योग्य भएको भन्दै मिडियाले अनावश्यक कुरा प्रचार गरिदिएको आरोप लगाउनु भयो ।

गृह जिल्ला इलाम जाने क्रममा झापाको बिर्तामोडमा संचारकर्मीसग कुरा गर्दै उहाले पार्टीको स्कुल विभागमा आफू पनि आकांक्षी रहेको स्पष्ट पार्नुभयो । ‘स्कुल विभागका लागि झलनाथ खनाल, ईश्वर पोखरेल, नारायण काजी श्रेष्ठ सबै योग्य छौं’, नेता खनालले भन्नुभयो । उहाले पार्टीको स्कुल विभागका बारेमा मिडियाले विवाद झिकेको आरोप लगाउदै स्कुल विभागको सन्दर्भमा पार्टीमा कुनै विवाद नरहेको स्पष्ट पार्नुभयो ।

‘मिडियाले स्कुल विभाग विवादित भएको भन्दै प्रचार गरे । यो गलत समाचार हो’, उहाको भनाई छ । स्कुल विभागका बारेमा मिडियामा फैलिएको भ्रममा नपर्न खनालले नेता कार्यकर्तासँग आग्रह पनि गर्नुभयो ।