जनता टाइम्स

१५ श्रावण २०७६, बुधबार १२:११

यस्ता हुन्छन् ‘किचकिचे घरबेटी’ हेर्नुहोस् भाइरल भिडियो


काठमाडौं, साउन १५

लोकगीतका सर्जक रविन लामिछानेको उत्कृष्ट सिर्जना रहेको ‘किचकिचे घरबेटी हामी बस्ने घरको, लौ न ए साथी हो कोठा खोज्देउ अर्को’, बोलको व्यङ्ग्यातक तिज गीत र्सावजनिक भएको छ । घर भाडामा बस्ने र घरबेटीबीचको सम्बन्ध र व्यवहार अनि समस्यालाई व्यङ्ग्यात्मक ढंगले प्रस्तुत गरिएको यस गीतको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

पछिल्लो समय काठमाडौँमा डेरा गरी बस्नेहरुले भोगेका दुख र पीडालाई समेटेर तयार पारिएको गीतका सम्पूर्ण पक्ष निकै सबल रहेका छन् । गीतमा भाडामा बस्नेको रुपमा आवाज रविन लामिछाने, भाडामा बस्ने केटीको आवाजमा चिजा तामाङ र घरबेटीको रुपमा राजु ढकालको आवाज सुन्न सकिन्छ ।

गीतको लय, शब्द रविन स्वयमले बनाएका हुन । दुर्गा पौडेलले निर्देशन गरेको सो म्युजिक भिडियोमा सुरबिर पण्डित ‘दारी बा’, मरिजमान श्रेष्ठ ‘बल्छी धुर्बे’, रविन लामिछाने र जानुका पौडेल‘प्याकुली’ लगायत हास्यकलाकारको अभिनय रहेको छ ।

हेर्नुहोस् भाइरल भिडियो

https://youtu.be/H6Yz8nDavqQ