Untitled Document

२५६१ औं बुद्ध जयन्तीको सम्पुर्ण तयारी पुरा

दुबई। युएईमा क्रियासील रहदै आएका ४५ भन्दा बढी नेपाली संघसस्था तथा व्यवसायीहरुको संयुक्त आयोजनामा शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६१ औं जन्म जयन्तीलाई भब्य तरिकाले मनाउन भएका छन।

इस्मरण रहोस वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ। अबुधाबीको मुसफाह स्थित मलायली समाजम हलमा मे १२ सुक्रबर्का दिन हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको कुरा मूल आयोजक समितिका सदश्य गोविन्द ढकालले जानकारी दिए ।

बौद्ध ग्रन्थ ललितविस्तर सूत्रमा व्याख्या गरिए अनुसार आजभन्दा २५५८ वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन हाल नेपालको लुम्बिनीमा जन्मेका राष्ट्रिय बिभुती शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मभूमी नेपाल हो भन्ने अभिप्रया बोकेको यस कार्यक्रमले नेपालको पर्यटक प्रबर्द्धनसंगै अन्य देशले गौतम बुद्धको बारेमा छरेको भ्रम चिर्नको लागि पनि यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाई छ।

बौद्ध महासंघको पुर्व अध्यक्ष एवं बौद्ध धर्म गुरु खेन्पो भगेन्द्र सिलाको प्रवचनसहित नेपालबाट आउने चर्चित सेलो गायक रोज मोक्तान, लोक गायक खुमन अधिकारी र लोक गायिक कोपिला गुरुङको साथमा युएइमा रहेका नेपाली कलाकारहरुले साकृतिक कार्यक्रम प्रस्तुत रहने कुरा आयोजकले जानकारी दिएका छन् ।

युएईका विभिन्न राज्यहरुबाट निशुल्क यातायात सुबिधा रहने हुदा आफ्नो समाजका प्रतिनिधिलाई सम्पर्क गरी कार्यक्रममा उपस्थित भई कार्यक्रमलाइ भब्य र सभ्य किसिमले सम्पन्न गर्न सहयोग गरिदिनुहुन युएइ बासि सम्पूर्ण नेपाली तथा गैर नेपालीहरुलाइ आयोजक टिमले हार्दिक अनुरोध गरेको छ।
(

२६ बैशाख २०७४, मंगलवार ११:४८मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *