Untitled Document

नेपाल एसीसी अण्डर १९ एसिया कपको सेमिफाइनलबाटै बाहिरियो, अफगानिस्तानसग ७ विकेटले पराजित

काठमाडौं, मंसिर १

नेपाल एसीसी अण्डर १९ एसिया कप क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ । चिरप्रतिद्धन्दी अफगानिस्तासग ७ विकेटले पराजित हुदै नेपाल अन्तिम चारबाट बाहिरिएको हो । अब उपाधिका लागी आइतवार अफगानिस्तान र पाकिस्तान भिड्नेछन् ।

नेपालले दिएको १०४ रनको सामान्य लक्ष्य अफगानिस्तानले २० दशमलव ३ ओभरमा ७ विकेट गुमाएर भेट्टाएको हो । अफगानका लागी रहमनुल्लाह गुर्बाजले आक्रमक ब्याटिङ गर्दै ७१ अर्धशतकिय पारी खलेका थिए । ओपनिङ ब्याटिङ गर्न आएका गुर्बाजले २ छक्का र ९ चौक्काको मद्धतमा ६५ बलमा ७१ रन बनाएका थिए । उनि सन्दिप लामिछानेको बलमा क्याच आउट भएका थिए । गुर्बाजले पहिलो विकेटका लागी इब्राहिम जर्दानसग मिलेर २४ रनको साझेदारी गरे भने दोस्रो विकेटका लागी इक्रम अलिखिलसग ७१ रनको साझेदारी गरे । नेपालका लागी कमल सिंह ऐरी, सन्दिप लामिछाने र पवन सर्राफले एक विकेट लिए । अफगानिस्तानका लागी दारविस अब्दुल रसुलले ६ बलमा दुई छक्का हान्दै अविजित १२ रन बनाए ।

यसअघि निक्कै खराब प्रर्दशन गरेको नेपाल २८ ओभरमै अलआउट हुदै मात्र १०३ रन जोड्यो । किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल अफगानिस्तानका स्पिनर सामुने चल्नै सकेन । मुजिबुर रहमानले नेपालको शूरुवाती ४ विकेट लिएपछि नेपाल ठुलो दवावमा परेको थियो । त्यसपछि नेपाल खेलमा फर्कनै सकेन । रहमानले नेपालका ६ ब्याट्सम्यानलाई पेविलियोनको बाटो देखाएका थिए । उनले १० ओभर बलिङ गर्दै २ मेडन राखेर २८ रन दिएका थिए ।

नेपालका लागी अनिल कुमार साहले अर्ध शतक बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक प्रर्दशन गर्न सकेनन् । साह बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन समेत बनाउन सकेनन् । नेपालले पहिलो विकेट २ रनमा गुमाएपछि क्रिजमा आएका साहले एकातिरको इनिङ सम्हालेपनि अर्को तिर लगातार विकेट गुमाईरहेको थियो । उनले तेस्रो विकेटका लागी दिपेन्द्र सिंह ऐरीसग २३ र पाचौ विकेटका लागी भिम सार्कीसग ३० रनको साझेदारी गरेका थिए । सातौ विकेटका रुपमा साह आउट भएका थिए । ५७ बलको सामना गरेका अनिलले एक छक्का र ७ चौका प्रहार गरेर ५० रन बनाउदै मुजिबुर रहमानको बलमा बोल्ड भए ।

नेपालका लागी पवन सरार्फले ८, कप्तान दिपेन्द्र सिंह ऐरीले ६, भिम सार्कीले ६, रोहितकुमार पौडेलले ४, सन्दिप लामिछानेले सात र सहबाब अलामले अविजित ७ रन बनाए । नेपालले समुह चरणमा क्रिकेटको हस्ती मानिने भारतिय टोलीलाई पराजित गरी सेमिफाइनल पुग्नु नै नेपालको यस प्रतियोगितामा ठुलो उपलब्धी हो । नेपालले समुह चरणमा बंगालदेशसग झिनो अन्तरले पराजित भएको थियो भने मलेसियालाई ८ विकेटले पराजित गरेको थियो ।

१ मंसिर २०७४, शुक्रबार १३:१०मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *