Untitled Document

नेपाली यु १९ टोली स्वदेश फर्कियो

काठमाडौं, मंसिर २

मलेसियामा जारी एसिसि अण्डर १९ एसियाकप क्रिकेटको सेमिफाइनलसम्म पुगेको नेपाली टोली आज स्वदेश फर्किएको छ । टोली नेपाल एयरलायन्सको नियमित उडान मार्फत बिहान साढे १० बजे काठमाण्डौ आईपुगेको नेपाली टोलीका टिम म्यानेजर रमन सिवाकोटीले जानकारी दिनुभयो ।

एसियाकप क्रिकेट अन्तर्गत समुहचरणमा सनसनीपुर्ण प्रर्दशन गरेको नेपालले सेमिफाईनलमा भने आशातित् प्रर्दशन गर्न नसक्दा चिरप्रतिद्धन्दी अफगानिस्तानसंग ७ विकेटको पराजय भोगेको थियो । टेष्ट खेल्ने ५ सहित ८ राष्ट्र सहभागि प्रतियोगीतामा नेपालले सेमिफाईनल यात्रा तय गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । यसक्रममा क्रिकेटको हस्ती भारत र मलेसियालाई पराजित गर्दा बंगलादेशबिरुद्ध नेपाली किशोर टोलीले शानदार खेल प्रर्दशन गरेको थियो । जारी प्रतियोगीतामा अफगानिस्तान र पाकिस्तान फाईनलमा प्रबेश गरेका छन् । उपाधि भिडन्त भोली क्वालालाम्पुर स्थित किनरारा ओभल क्रिकेट मैदानमा हुनेछ ।

२ मंसिर २०७४, शनिबार १४:१७मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *