जनता टाइम्स

१८ श्रावण २०७६, शनिबार १८:३३

उपत्यकामा सार्वजनिक सम्पति हडप्ने गिरोह नै रहेको उपप्रम ईश्वर पोखरेलको खुलासा


काठमाडौं, साउन १८ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बौद्ध रामनगरमा निर्मित लाखेपोखरी लोकतान्त्रिक पार्कको उद्धघाटन गर्नु भएको छ । करिव १५ रोपनी ४ आना सार्वजनिक जग्गामा निर्मित पार्कको उदघाटन गर्दै उपप्रम पोखरेलले काठमाडौंमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढेको भन्दै सवै सचेत हुनुपर्नै बताउनु भयो ।

सार्वजनिक जग्गा अतिक्रमण गरी आफ्नो नाममा बनाउन विभिन्न व्यवसाय संलग्न ब्यक्तिहरु लागेको उपप्रम पोखरेलको भनाई थियो । ‘अहिले के देखिएको छ भने काठमाडौंका धेरै ठाउँमा सार्वजनिक सम्पति अतिक्रमण गर्ने, सार्वजनिक जमिन आफ्नो बनाउने नेटवर्किङ सेटिङ छ,’ उपप्रम पोखरेलले भन्नुभयो, ‘विभिन्न राजनीतिक पार्टीका मान्छे टोपी लगाएर उभिएका हुन्छन, कालो कोट लगाउने वकिल, सञ्चार क्षेत्रमा काम गर्ने व्यक्ति र विभिन्न व्यवसाय गर्ने मान्छेहरू सेटिङमा हुन्छन ।’

जुनसुकै प्लेटफर्मबाट आएका मान्छे भए पनि सार्वजनिक सम्पति कब्जा गर्ने, खोस्न चाहने र खान चाहनेहरू सामाजिक अपराधि भएकोले उनीहरूका विरुद्ध एकजुट भएर लाग्नुपर्ने उहाको भनाइ थियो । ‘पार्टी आफ्ना–आफ्ना होलान् सामाजिक अपराधका विरुद्धमा हामी एक हुनुपर्छ,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र न ३ का सासद कृष्ण राई, प्रदेश सभा सदस्य रामेश्वर फुयाललगायले आफ्नो धारणा राख्नुभएको थियो । सो अवसर निर्मानाधिन पार्कमा झण्डै ५ सय जातका फलफूल तथा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो ।