Untitled Document

जावलाखेलदेखि चोभारहुँदै जावलाखेलसम्म हाइकू पैदल यात्रा

काठमाडौ, मंसिर ३ । नेपाल हाइकू केन्द्रको आयोजनामा जावलाखेलदेखि चोभार जलबिनायक हुँदै पुन ः जावलाखेलसम्मको हाइकू यात्रा सम्पन्न भएको छ ।  हेमन्त ऋतुको प्रारम्भसंगै हाइकू रचना र बाचनमा रमाउने १२ जना कबि तथा कबियत्रीहरूको सहभागितामा भएको सो यात्रामा कबिहरूले यात्रा बीचमा पर्ने विभिन्न ऐतिहासिक स्थलहरूको अवलोकन,अध्ययन तथा विवरण लिर्इ चोभारमा रहेको जल गणेशको दर्शन पश्चात् एकै स्थलमा भेला भै १० वटा हाइकू रचना गरी वाचन समेत गरे ।

ेसोही अवसरमा सुवर्ण राज जोशीको ूएकसय आठ हाइकूू,अन्जना पौडेलको आरूबारीको फूलू,बाशुदेव गुरागाईँको अनुमानित निष्कर्ष र भीष्म राज फुलाराको टुहुरो कुण्डलको सामूहिक यात्रा बिमोचन समेत गरियो ।

कार्यक्रममा बाचित हाइकूलाई संग्रहको रुपमा प्रकाशन गरिने र यात्रा हाइकूलाई हरेक ऋतु परिवर्तनसंगै निरन्तरता दिइने साहित्यकार राम कुमार पाण्डेले जानकारी गराउनुभयो।  साहित्यकार मित्रबन्दु पौडेलले यात्रा अविस्मरणीय रहेको प्रतिक्रिया दिनुभयो। उहाँका अनुसार हाइकूसंगै प्राकृतिक वातावरणको बिचरण र पुनर्ताजगीका दृष्टिले पनि यसको निरन्तरता आवश्यक रहेको बताउनुभयो। कवियत्री शुष्मा मानन्धरले हाइकू लेखनलाई यस किसिमका कार्यक्रमले प्रोत्साहन दिने हुँदा देशब्यापी आयोजना गरिनुपर्नेमा जोड दिनुभयो।

कलात्मक र व्यंग्यात्मक शैलीमा संचारकर्मी तथा कलाकार शिरोमणि दवाडीले संचालन गरेको कार्यक्रमले निकै रोचकता थपेको थियो। जापानबाट सुरु भएको हाइकू लेखनलाई नेपालमा २०१९ सालमा त्यसबेलाका चर्चित साहित्यकार शंकर लामिछानेले भित्र्याएका हुन् । यो त् जम्मा १७ अक्षरमा लेखिने ज्यादै कसिलो साहित्यिक सिर्जना हो।  

 

३ मंसिर २०७४, आईतवार १२:२०मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *