जनता टाइम्स

२० श्रावण २०७६, सोमबार १०:०३

बागलुङ पहिरो अपडेट : ५ घर पुरिँदा ३ जनाको मृत्यु, ६ घाइते


बागलुङ, साउन २०

अविरल वर्षापछि खसेको पहिरोले घर पुरिँदा बागलुङको तमानखोलामा मृत्यु हुनेको सख्या ३ पुगेको छ । सोमबार विहान एक बजेतिर खसेको पहिरोले तमानखोला गाउँपालिका–४ लामेलाका ५ घर पुरिएका हुन् ।

पहिरोमा पुरिएर ओमबहादुर श्रीपालीकी श्रीमती ४५ वर्षीया पञ्चकुमारी, देवेन्द्र श्रीपालीकी ७० वर्षीया आमा असारी श्रीपाली र १२ वर्षीय छोरा प्रवीणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । पहिरोमा परेर ६ जना घाइते छन् । घाइतेलाई उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको छ । डेढ सय मिटर माथिबाट पहिरो खसेको थियो ।