जनता टाइम्स

२२ श्रावण २०७६, बुधबार १५:५८

बिमानस्थलका अध्यागमन अधिकृत पक्राउ, यस्तो छ अभियोग


काठमाडौं, साउन २२ । अख्तियार दुरुप्योग अनुसन्धान आयोगले अन्तराष्ट्रिय बिमानस्थलका अध्यागमन अधिकृतलाई पक्राउ गरेको छ । बिचौलियाको प्रभावमा परी बिना श्रम स्वीकृती कतार र दुबई लगायतका देशमा भिजिट भिसामा जाने व्यक्तिलाई प्रस्थान अनुमति दिएको आरोपमा अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई आयोगको टोलीले आज नियन्त्रणमा लिएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत पराजुलीलाई केही दिन पहिले मात्रै अध्यागमन विभाग डिल्लीबजारले अनुसन्धानका निम्ति केन्द्रीय कार्यालयमा तानेको थियो। अध्यागमन ऐनको बर्खिलाप हुने गरी आर्थिक लाभ लिएर भिजिट भिषामा कतार र दुबई जानेलाई प्रस्थान अनुमति दिएको अभियोगमा अनुसन्धान गर्न अख्तियारले पराजुलीलई नियन्त्रणमा लिएको जनाएको छ ।

पछिल्लो समय बिमानस्थलमा अध्इागम र प्रहरीको सेटिङमा भिजिट भिसामा दुवई र कतार लगायतका मुलुकमा बिना श्रम स्वीकृति पठाउने गरेको घटना बढेको भन्दै उजुरी परेपछि आयोगले निगरानी बढाएको थियो । सोही क्रममा अधिकृत पराजुलीलाई नियन्त्रणमा लिइएको हो ।