जनता टाइम्स

२४ श्रावण २०७६, शुक्रबार १४:३८

लैगिक हिंसा विरुद्धमा जनचेतना फैलाउने डकुमेन्ट्री निर्माण गर्दै क्यालिफोर्नियामा अवस्थित युवा


क्यालिफोर्निया, साउन २४

हाल अमेरिका क्यालिफोर्नियामा अवस्थित युवाहरुको समुहले लैगिक हिंसा विरुद्धमा जनचेतना फैलाउने र यस्ता जनचेतनामुलक डकुमेन्ट्रीहरुबाट समाजमा घटेका घटनाहरुलाई न्यूनिकरण गर्ने उद्देश्यका साथ “राईज अप” नामक डकुमेन्ट्रीको छांयाकन समापन गरेका छन् । यसै समुहले केही महिनाअघि अमेरिकामा ठूलो समस्याको रुपमा बढिरहेको “बन्दूक हिंसाको बिरुद्ध जनचेतना” दिने म्युजिक भिडियो सार्वजनिक गरेका थिए ।

डकुमेन्ट्रीमा मुख्य कलाकारहरुहरु युनिभर्सिटी अफ क्यालिफोर्निया लसएन्जल्समा अभिनय अध्ययनरत तथा मोडलिङका प्रशिक्षार्थी सन्देश थापा र नेपाली मुल्की क्यालिफोर्निया Beverly Hills मा २ बर्षे अभिनय कोर्स पुरा गरि केही English short फिल्ममा Harley Quinn को समेत अभिनय कला प्रस्तुत गरिसकेको दिब्ना थापाले अभिनय गर्नुभएको छ । साथै उहाँले केही अन्तराष्ट्रीय विज्ञापनमा समेत अभिनय कला प्रस्तुत गरिसक्नुभएको छ । जस्मा एस राज प्रोडक्शनका (शंकर राज वाग्ले) र सन्जय कार्कीको छांयाकन रहेको छ भने यस डकुमेन्ट्रीलाई शंकरराज वाग्लेले निर्देशन गर्नुभएको छ ।

डकुमेन्ट्रीलाई बर्नीन २०२० को फिल्ड अर्गानाईजर शुस्मिक लामाले संयोजन गर्नुभएको हो भने अन्य कलाकारहरु पेन्सिलभनिया निबासी क्रियाशील युवा साजन लामा, मिस नेपाल क्यालिफोर्नीया सेकेण्ड रनरअप अनिसा ओली, अशुतोष ओली, लसएन्जल्स निबासी केहि म्यूजिक भिडियोहरुमा अभिनय गरिसकेका युवा व्यवसायी श्याम सेढाई, लसएन्जल्स निवासी सामाजिक क्षेत्रमा अत्यन्तै क्रियाशिल सामाजिक अभियान्त टेक वाईबा लामा, साउथ एशियन नेटवर्कको सामाजिक कार्यकर्ता नुतन काफ्ले र सामाजिक अभियान्ता विष्णु राउत, निरता कार्की, ईरानी कलाकार डोरीन टबिवियनकोसमेत अभिनय रहेको छ ।

मेकअप आर्टिस्टको भूमिका स्पर्श थ्रेडिंग एण्ड व्यूटीका ब्युटीसियन निरता कार्कीले गर्नुभएको छ । कथाबस्तु सचारकर्मी डोल्मा लामाले लेख्नुभएको हो । डकुमेन्ट्रीमा बास्तविक जीवनमा घटिरहेका विभिन्न लैंगिक हिंसाका घटनाहरुलाई पर्दामा उतार्ने कोशिस गरिएको छ । यस समुहले अन्तराष्ट्रीय डायस्पोरामा भैरहेको विभिन्न हिसां, हत्या र समाजमा घटिरहेका सामाजिक विकृतिसँग सम्बन्धित जनचेतनामुलक भिडियोहरु निर्माण गरीरहेका छन् ।

क्यालिफोर्निया लसएन्जल्सका विभिन्न स्थानहरुमा सुटिङ सम्पन्न भएको हो । यसलाई यथाशीघ्र प्रदर्शनमा ल्याउने तयारी भइरहेको बर्नीन २०२० को फिल्ड अर्गानाईजर सुस्मिक लामाले जानकारी दिनुभयो । यसले लैंगिक हिंसाबारे जनचेतना फैलाउने र आगामी दिनहरुमा यस्ता घटनाहरुलाई न्यूनिकरण गर्न काम गरिरहेको संचारकर्मी डोल्मा लामाले बताउनुभयो ।