जनता टाइम्स

२५ श्रावण २०७६, शनिबार ०८:३९

वाह ! ओली सरकार, कामबाटै दियो जवाफ : १८६ देशलाई उछिनेर नेपाल बन्यो ‘टप इम्प्रुभर’


काठमाडौं, साउन २५ । पाँच वर्षको स्थिर सरकार बनेपछि विपक्षीहरुको तारो बनेको सरकारले पछिल्लो समय कामबाटै त्यसको जवाफ दिन थालेको छ । सरकारले खै के गर्यो भन्दै अफवाह फैलाउनेलाई सरकारले पछिल्लो पटक एक गतिलो जवाफ दिएको छ ।

नेपाल विकाससोन्मुख देशहरुमध्ये सबैभन्दा धेरै सुधार भैरहेको सूचीमा पहिलो बन्न सफल बनेको छ । प्रगतिका बिभिन्न सूचकहरुमा विश्वभरमा ‘बटम अप’ बाट मात्र नाम खोज्नुपर्ने अवस्था रहेकोमा हालै भएको एक सर्वेक्षणले भने नेपाललाई पहिलो बनाएको छ। विगतमा यस्ता सुचकहरुमा नेपाललाई तलबाट खोज्ने गरिन्थ्यो । तर, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको दुरदर्शी नीति र अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यक्रमले यो सूचिको शिर्ष स्थानमा पर्न सफल भएको हो ।

यूरोमनिडटकमले हालै बिभिन्न १ सय ८६ देशहरुमा गरेको एक सर्वेक्षणका अनुसार सन् २०१९ मा नेपाल लगानीकर्ताहरुको आकर्षणको देश बनेको देखिएको छ। बिरलै आउने यस्ता समाचार समग्र नेपाली अर्थतन्त्रका लागि भने निक्कै खुशीको खबर हो। सर्वेक्षण भएका विकासोन्मुख देशहरुमध्ये नेपाल ‘टप इम्प्रुभर’ हो।

नेपालले बैश्विक जोखिमको सूचीमा सन् २०१८ मा भन्दा पाँच अंकले सूधार गर्दै १४ स्थान फड्किएर माथि आएको हो। गत पाँच वर्षको अवधिमा नेपालले २४ स्थान उक्लिसकेको छ जुन सुधारलाई सर्वेक्षणले उल्लेखनिय सुधार भनेको छ।

यसैगरी सुधार भएका देशहरुमा मालदिभ्स दोस्रो तथा इथियोपिया तेस्रो भएको छ। आफ्नो राजनीतिक, आर्थिक तथा संरचनागत जोखिमको सूचकको अध्ययनका आधारमा उत्कृष्ट देशभित्र परेका हुन्। सर्वेक्षणलाई राजनीतिक आर्थिक तथा संरचनागत जोखिमका बिभिन्न १५ वटा सूचकहरुका आधारमा अध्ययन गरिएको थियो। नेपालले ति सबै सूचकहरुमा सुधार गरेको छ।

सन् २०१७ को चुनावपछि देशले राजनीतिक स्थिरता पाएको तथा सरकारमा स्थायित्व आएकोलाई सर्वेक्षणले सकारात्मक तथा सबैभन्दा बढी सुधारको पक्ष मानेको छ। नेपालको गत केही वर्षको तथ्यांकलाई हेर्दा वास्तविक जिडीपीमा उल्लेखनीय सुधार भएको छ।

सन् २०१७–१८ मा ६.३ प्रतिशत तथा सन् २०१६–१७ मा ७.९ प्रतिशत बृद्धि भएको देखिएको छ। नेपालमा केही समय यता पूर्वाधार विकासमा ठूलो लगानीहरु भैरहेको छ। चीन र भारतले पनि नेपालमा प्रत्यक्ष बैदेशिक लगानी गरिरहेको तथा अझै लगानीको अवसर खोजिरहेको अध्ययनमा उल्लेख छ।