जनता टाइम्स

२८ श्रावण २०७६, मंगलवार ०९:५६

बालुवा उत्खनन गर्दा परेको खाल्डोमा डुबेर फेरि दुई जनाको मृत्यु


नुवाकोट, साउन २८ । बालुवा उत्खनन गर्दा परेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार दुई जनाको मृत्यु भएको छ । ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैध रूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षीया बिनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार सोमबार साँझ ५ः३० बजेतिर खोलाकिनारमा खेल्न गएकी बालिका डुबेपछि उद्धार गर्न गएकी अर्की महिलाको पनि सोही खाल्डोमा डुबेर मृत्यु भएको हो । केही दिनअघि मात्र धादिङमा दुई युवाको बालुवा झिकिएको खाल्डोमा डुबेर ज्यान गएको थियो ।