जनता टाइम्स

२८ श्रावण २०७६, मंगलवार १४:४६

अमेरिकी दुतावासले सच्यायो नेपालको अपमान गर्ने निर्णय, सन्दीप लामिछानेलाई दियो भिसा


काठमाडौं, साउन २८ । सामाजिक सञ्जालमा चर्काे आलोचना भएपछि अमेरिकी दुतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । आज बिहान भिसा दिन अस्वीकार गरेको दुतावासले नेपालमाथिकै अपमान भन्दै चर्काे आलोचना भएपछि केही बेर अघि दुतावासमा बोलाएर भिसा दिएको हो ।

२१ अगष्टदेखि सुरु हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९ मा सहभागि हुन उनले भिसा आवेदन दिएका थिए । अमेरिकी दूतावासले आफूलाई भिसा नदिएको लामिछानेले ट्वीट मार्फत जानकारी दिएलगत्तै दुतावासको आलोचना सुरु भएको थियो । भिसा नदिएपछि आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलाई मेन्सर गर्दै ट्वीट गरेका थिए । त्यसको केही समयपछि अमेरिकी दूतावासले सन्दीपलाई फेरि दूतावासमा बोलाएर भिसा दिएको हो ।

आज बिहान अमेरिकी दुतावासले भिसा दिन अस्वीकार गरेको समाचार सार्वजनिक भएपछि दुतावासको चर्काे आलोचना भएको थियो । राजनीतिकदेखि कुटनीतिक क्षेत्रका ब्यक्तिले समेत २१ अगष्टदेखि अमेरिकामा सुरु हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९ मा सहभागि हुन जान लागेका नेपालका चर्चित क्रिकेटरलाई भिसा नदिएर नेपालकै अपमान गरेको भन्दै बिरोध गरेका थिए । क्रिकेटर लामिछानेलाई भिसा नदिने निर्णय निकै महंगो पर्ने भएपछि दुतावासले आफ्नो गलत निर्णय सच्याएर भिसा दिएको हो ।

२१ अगष्टदेखि सुरु हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९मा सहभागि हुन सन्दीपले भिसा आवेदन दिएका थिए । अमेरिकी दूतावासले आफूलाई भिसा नदिएको लामिछानेले ट्वीट मार्फत जानकारी दिएलगत्तै दुतावासको चर्काे आलोचना भएको थियो भने उनले आफू अमेरिकामा लुक्ने खेलाडी नभएको भन्दै शिष्ट भाषामा कडा आपत्ति जनाएका थिए । भिसा नदिएपछि आफू आश्चर्यमा परेको उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलाई मेन्सर गर्दै ट्वीट गरेका थिए । त्यसलगत्तै उनलाई पुन बोलाइ भिसा दिएको हो । दुतावासले निर्णय सच्याएसँग सन्दीपले अमेरिकामा हुने लिगमा खेल्न पाउने भएका छन ।

क्यारेबियन प्रिमियर लिग खेल्न जान लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीपलाई बार्बाडस ट्राइ डेन्टसले ७० हजार डलरमा आफ्नो टोलीमा अनुबन्ध गराएको थियो ।

अमेरिकी दूतावासले दिएन सन्दीप लामिछानेलाई भिसा, क्यारेबियन लिगमा सहभागिता अनिश्चि

अमेरिकी दूतावासले दिएन सन्दीप लामिछानेलाई भिसा, क्यारेबियन लिगमा सहभागिता अनिश्चित