जनता टाइम्स

३० श्रावण २०७६, बिहीबार ०९:४९

वरिष्ठ साहित्यकार दीक्षितको निधनबाट प्रधानमन्त्री ओली मर्माहत


काठमाडौं, साउन ३०

प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनको खबरले मर्माहत भएको बताउनु भएको छ । दीक्षितको ९७ वर्षको उमेरमा आज विहान निधन भएको थियो ।

निधन पश्चात टिव्ट गर्दै प्रधानमन्त्री ओलीले स्वर्गीय दीक्षित प्रति भावपूर्ण श्रद्धञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । उहाले नेपाली वाङ्मय क्षेत्रमा दीक्षितको योगदानलाई सदा स्मरण गरिने पनि उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्रीको श्रद्धान्जली यस्तो छ

वरिष्ठ साहित्य साधक, प्राच्य साहित्य दर्शनका ज्ञाता मदनमणि दीक्षितको निधनको खबरले मर्माहत भएको छु । नेपाली वाङ्मय क्षेत्रले उहाँको योगदानलाई सदा स्मरण गर्नेछ । स्वर्गीय दीक्षित प्रति भावपूर्ण श्रद्धञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।