Untitled Document

दोलखा बामपन्थीमय बन्ने तर्फ अग्रसरता

दोलखा, मंसिर २२

दोलखामा पछिल्लो मत परिणाम अनुसार बाम गठबन्धनले ठुलो अन्तरको अग्रता लिएको छ । प्रतिनिधि सभा तर्फ एमालेका उम्मेदवार पार्बत गुरुङ १०८९१ ल्याएर अगाडी हुनुहुन्छ । उहालाई काग्रेसका रुद्र खड्काले ४१७९ मत सहित पछईरहनु भएको छ ।

यस्तै प्रदेशसभा क मा माओवादी केन्द्रका विशाल खड्का ९९२१ मतका साथ अगाडी रहदा उहालाई काग्रेसका बर्मा लामाले ३४०४ मतका साथ पछईरहनु भएको छ । ख मा पनि एमालेका पशुपति चौलागाई ५७१८ मतका साथ अगाडी हुनुहुन्छ । काग्रेसका केशब चौलागाइ २७८५ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । त्यहाबाट नेकपा मालेका उम्मेदवार बन्नु भएका लालकुमार केसीले १८०३ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ ।

December 8, 2017मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *