Untitled Document

भक्तपुर २ मा महेश बस्नेतको सात हजारभन्दा बढीको अग्रता, प्रदेश सभामा पनि वाम गठबन्धनको अग्रता

किरण बुढाथोकी
भक्तपुर, मंसिर २३

भक्तपुर क्षेत्र नम्बर २ मा एमाले युवा नेता महेश बस्नेतले फराकिलो अन्तर बनाउनुभएको छ । बस्नेतले १४५५६ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका दमननाथ ढुंगानाले ७४८८ मत प्राप्त गर्नुभएको छ । कुल गणना भएको २४५४६ मतमध्ये बस्नेतले झन्डै दोब्बर भन्दा बढी मत प्राप्त गर्नुभएको हो ।

उता भक्तपुर निर्वाचन क्षेत्र २ अन्तर्गतको सूर्यविनायक र मध्यपुर दु्वै प्रदेश सभामा वाम गठबन्धनका उम्मेदवार अगाडि हुनुहुन्छ । सूर्यविनायक प्रदेश सभा तर्फ एमालेका सशीजंग थापाले ८१५३ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका उम्मेदवार अंगद खडकाले ३७६७ मत प्राप्त गर्नुृभएको छ ।

त्यस्तै गरि मध्यपुर थिमी नगरपालिका प्रदेश सभामा पनि वाम गठबन्धनको अग्रता रहेको छ । मध्यपुर प्रदेश सभामा एमालेका राजेन्द्रमान श्रेष्ठले ४०२३ मत प्राप्त गर्नुभएको छ भने काग्रेसका गणेशमान चक्रधरले २९२४ मत प्राप्त गर्नुभएको छ । मध्यपुरमा ७०५३ गणना भएकोमध्येको नजिता हो । अहिलेसम्म सूर्यविनायक नगरपालिकाका १, २, ३ र ४ मध्यपुर थिमी नगरपालिकाका १, २, ३ र ९ वडाको मतगणना भएको छ ।

December 9, 2017मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *