जनता टाइम्स

४ भाद्र २०७६, बुधबार १६:०४

प्रधानमन्त्री ओलीसँग भारतीय बिदेशमन्त्री जयशंकरको भेट : यस्तो भयो कुराकानी


काठमाडौं, भदौं ४ । दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुग्नुभएका भारतीय विदेश मन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभइको छ । नेपाल भारत संयुक्त आयोजनाको पाँचौ बैठकमा सहभागी हुन काठमाडौं आउनुभएका जयशंकरले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो ।

भेटको अवसरमा नेपाल भारत सम्बन्धलाई अझै मजवुत बनाउने बिषयमा छलफल भएको छ । भारतको परराष्ट्र मन्त्री बनेपछि जयशंकर पहिलो बिदेश भ्रमणका रुपमा पहिलो पटक नेपाल आउनु भएको छ । भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भोलि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटका लागि भोलि बिहान साढे १० बजेको समय तय भएको हो ।

नेपाल–भारत संयुक्त अयोगको बैठकमा सहभागी हुन भारतीय बिदेशमन्त्री जयशंकर आजै काठमाडौं आइपुग्नु भएको हो । भारतीय विदेशमन्त्री जयशंकरको सम्मानमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आजै साँझ रात्रीभोजको आयोजना गर्नुभएको छ । भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटपछि अपरान्ह साढे ३ बजे उहाँ दिल्ली फर्कने कार्यक्रम रहेको छ ।