Untitled Document

नेपालका ७ प्रतिशत स्वास्थ्य संस्थामा थर्मोमिटर नै छैन

अध्ययन अनुसार मानिसको हृदयको गति, स्वास प्रस्वासको अवस्था जाच्ने उपकरण (स्थेटेस्कोप) २ प्रतिशत स्वास्थ्य संस्थाहरुमा छैन । रक्तचाप जाच्ने यन्त्र ६ प्रतिशत स्वास्थ्य संस्थाहरुमा नरहेको स्वास्थ्य मन्त्रालयद्धारा नेपालमै पहिलो पटक गरिएको स्वास्थ्य संस्था सम्बन्धी विस्तृत अध्ययन ‘नेपाल स्वास्थ्य सेवा सर्वेक्षण २०१५’ मा उल्लेख गरिएको छ ।

सर्वेक्षण अनुसार नेपालका कमै स्वास्थ्य संस्थाहरुमध्य परिक्षण गर्ने स्थलमा बच्चा (३९ प्रतिशत) वा शिशु (५५ प्रतिशत) को तौल मापन गर्ने स्केल वा प्रकाशको उचित श्रोत उपलब्ध रहेको पाइएको छ । ती स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक पर्ने उपकरण तथा औषधिको उपलब्धतामा समेत निकै फरक रहेको पाइएको छ ।

१८ माघ २०७३, मंगलवार ०५:४९मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *