जनता टाइम्स

६ भाद्र २०७६, शुक्रबार १८:०४

तस्वीरमा राष्ट्रपति भण्डारीको कृष्ण मन्दिर दर्शन


काठमाडौं, भदौं ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले कृष्ण मन्दिको दर्शन गर्नुभएको छ । कृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति भण्डारी आज पाटनको कृष्ण मन्दिर पुगेर दर्शन गर्नुभएको हो । उहाँलाई ललितपुरका महानगर प्रमुख चिरीबाबु महर्जनले स्वागत गर्नुभएको थियो । आजको दनलाई सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गरेर मनाउँदै छन्। पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन्। लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको बताइन्छ। कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धअघि अर्जुनलाई गीताज्ञान प्रख्यात छ। आजका दिन कृष्णका गुणकीर्तन गर्ने, उनको आराधना गर्ने, जाग्राम बसी रातमा उनको जन्मको प्रतीक्षा गर्ने र भोलिपल्ट उत्सव मनाउने परम्परा छ।