जनता टाइम्स

८ भाद्र २०७६, आईतवार २२:२४

सिनामंगल गैरीगाँउमा टिपरले तीन वटा मोटरसाइकललाई ठक्कर दियो, एकजनाको घटनास्थलमै मृत्यु


काठमाडौं, भदौ ८

काठमाडौंको सिनामंगलमा आइतवार राति डरलाग्दो दुर्घटना भएको छ। तीनकुनेबाट गौशाला जाँदै गरेको ना ३ ख ४३१७ नम्बरको टिपरले तीन वटा मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् ।

एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा बौद्ध रामहिटी बस्ने ४२ वर्षिय पुनसाङ भोटे रहेका छन् । घाइतेहरुको सिनामंगलस्थित केएमसी अस्पताल उपचार भइरहेको गौशाला प्रहरीले बताएको छ। दुर्घटनास्थलमा तीनवटा बाइक कच्याककुचुक भएका छन्। बा८५प५६९ र ना४३प ८७३५ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

प्रहरीले टिपर र चालकलाई गौशालाबाट नियन्त्रणमा लिएको छ। दुर्घटनापछि टिपरसहित गौशाला पुगेका चालक २८ वर्षीय सोनम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।