जनता टाइम्स

१० भाद्र २०७६, मंगलवार १६:३८

बिद्यार्थीलाई इन्सपेक्टर पन्थीले दिए लागूऔषध दुर्ब्यसनीबारे प्रशिक्षण


काठमाडौं, भदौ १० । महानगरीय प्रहरी प्रभाग साँखुका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) गोविन्द पन्थीले शन्खरापुर नगरपालिका स्थित भानु मा बि का कक्षा ९र १० मा अध्यनरत बिद्यार्थीहरुलाई आज लागुऔषध दुर्ब्यसनीबारे सचेतना कक्षा लिनुभएको छ ।

इन्सपेक्टर पन्थीले बिद्यार्थीहरुलाई लागू औषध दुब्र्यसनीमा कसरी फसिन्छ र त्यसबाट टाढै रहने कसरी भन्ने विषयमा प्रशिक्षण दिनुभएको हो । लागूऔषध सेबन गर्नाले ब्यक्तिगत जीवन, पारिवारिक जीवन, सामाजिक जीवन,आर्थिक कारोवार ,सामाजिक मानमर्यादा समेतमा असर पर्ने र अन्तत मृत्युका मुखमा समेत पुग्न सकिने भन्दै पन्थीले बिभिन्न पाटोबारे प्रशिक्षण दिनुभएको हो ।

उहाँले लागू औषधलाई बालबालिकाहरुले यसलाई बेलैमा पहिचान गरी त्यस्ता कार्यमा आफु पनि नलाग्न र छरछिमेक, साथिभाइ र आफन्त समेत लाई लाग्नबाट निरुत्साहित गरि समाज लाई सही बाटोमा डोर्याइ असल नागरिक बन्नु पर्ने भनी उनले गर्विलो प्रशिक्षण दिएका छ्न।उक्त प्रशिक्षण समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दिइएको हो।