जनता टाइम्स

१२ भाद्र २०७६, बिहीबार ०८:२०

देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने सम्भावना


काठमाडौं, भदौं १२ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ रहेको जनाएको छ । यस्तै पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रका कारण पूर्व र मध्य भूभागमा मौसमी गतिविधि बढेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आगामी २४ घण्टाको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । मेघ गर्जन र चट्याङबाट बँच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले बिहीबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ ।

बिहीबार राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको अनुमान छ । शुक्रबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का देखि मध्यम वर्षा हुने तथा राति देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने महाशाखाले जनाएको छ । साथै मध्य र पश्चिमका एक दुइ स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा राति राती सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।