जनता टाइम्स

१२ भाद्र २०७६, बिहीबार १२:५८

राजधानीमै भेटियो ८३ किलो रक्तचन्दन, तस्करीको आरोपमा २ जना पक्राउ


काठमाडौं, भदौ १२

प्रहरीले बौद्धबाट ८३ किलो रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार बौद्ध–६ रामहिटीबाट बुधबार साँझ रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरिएको हो ।

च्याम्बा लामाको घरमा लुकाइछिपाइ राखेको रक्तचन्दन विशेष सुराकीको आधारमा परिचालन भएको प्रहरी टोलीले बरामद गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनु भयो । लामा र योन्देन ग्यान्जो तामाङलाई पक्राउ गरिएको छ। दुबै मुगु जिल्लाका हुन्। तामाङ लामाको घरमा डेरा गरी बस्दै आएका थिए।

रक्तचन्दनका व्यापारी को हुन् भन्ने विषयमा यकिन भइनसकेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुवैलाई अनुसन्धान तथा कारबाहीका लागि जिल्ला वन कार्यालय बुझाइएको चन्दले जानकारी दिनुभयो ।