जनता टाइम्स

१६ भाद्र २०७६, सोमबार ०८:२२

चन्द्रगढी विमानस्थल दैनिक सात घण्टामात्र खुल्ने


झापा, भदौ १६

झापाको चन्द्रगढी विमानस्थल दैनिक सात घण्टामात्र खुल्ने भएको छ । धावनमार्गको मर्मत तथा स्तरोन्नति कार्यका लागि विहान सातदेखि दिउसो दुई बजेसम्म मात्र उडान हुने भएको छ ।

विमानस्थलले दिएको जानकारी अनुसार आगामी भदौ २० देखि असोज ४ सम्मलागि दिउँसो २ बजेबाट भोलिपल्ट बिहान ७ बजेसम्म उडान बन्द गरिने छ । विमानस्थलको धावन मार्ग १५ सय र चौडाई ३५ मिटर छ ।

हाल विमानस्थलको थप सुरक्षाका लागि भन्दै धावन मार्गको दुवैतिर अढाइ मिटर थपेर नयाँ पीच लगाउने काम धमाधम सुरु भएको छ । सोही क्रममा विमानस्थलबाट हुने नियमित उडानलाई केही समयका लागि रोकिने छ । विमानस्थलमा ठूला जहाज पनि आउन थालेपछि धावनमार्ग बलियो र सुरक्षित बनाउन स्तरोन्नति गर्न लागिएको हो ।