जनता टाइम्स

१६ भाद्र २०७६, सोमबार ११:३०

तस्बिरमा यस्तो देखियो पशुपतिमा तीजको रौनक


काठमाडौं, भदौं १६ । आज हरितालिका (तीज) । भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि पूजा एवं दर्शन गर्ने भक्तजनको लाम लागेको छ । पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै लाम मूल सडकसम्म आइपुगेको छ । बिहान पन्ध्र मिनेटमै पशुपति मन्दिर दर्शन गर्न पाएपनि दिउसो भने भक्तजनको भीड बढेसँग समय पनिलम्बिएको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । मन्दिरका चार ढोका आज राति लाम नसकिएसम्म खुला गरिने पशुपति क्षेत्र बिकाश कोसले जनाएको छ ।