जनता टाइम्स

१७ भाद्र २०७६, मंगलवार ०७:०८

प्रधानमन्त्री ओली भेट्न आज सिंगापुर जाँदै गौतम-पौडेल


काठमाडौं, भदौ १७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जानुहुने भएको छ । सिंगापुरमा उपचाररत पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेता गौतम र पौडेल आज सिंगापुर जान लाग्नुभएको हो ।

नेकपाका अनुसार गौतम र पौडेल आज दिउसो १ बजे सिंगापुरतर्फ प्रस्थान गर्नुहुनेछ । प्रधानमन्त्री ओलीको भोलि उपचार सकिएपछि शुक्रबार स्वदेश फर्किने कार्यक्रम तय भएको छ । त्यसअघि प्लाज्मा फेरेसिक प्रक्रियाबाट शरीरमा रहेको एन्टीबडी घाटाउने अन्तिम उपचार हुँदैछ । यो उपचारअघि ओलीलाई भेट्ने र सँगै फर्किने योजनाका साथ दुबै नेता सिंगापुर जान लागेको नेकपा स्रोतले बताएको छ ।

भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर पुग्नुभएका प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी चिकित्सकले गराइसकेका छन ।