जनता टाइम्स

१७ भाद्र २०७६, मंगलवार १४:५९

भाषा परीक्षामा ६० प्रतिशत अंक ल्याउने नेपाली कामदार मात्रै जापान जान पाउने


काठमाडौं, भदौ १७ । भाषा र सीप परीक्षणमा ६० प्रतिशत अंक ल्याउने नेपाली मात्रै स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) अन्तर्गत नर्सिङ केयर गिभरमा जापन जान पाउने भएका छन ।

आगामी अक्टोबर २७ देखि २९, नोभेम्बर ५ देखि ७ र नोभेम्बर १२ देखि १४ सम्म हुने भनिएको जापानिज भाषा र सीप मूल्यांकन परीक्षामा परीक्षार्थीले पूर्णाङ्कको ६० प्रतिशत ल्याउनु पर्ने ब्यवस्था भएको हो । जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको सूचनाअनुसार नर्सिङ केयर स्किल इभ्यालुयसन टेष्टमा ६० वटा प्रश्न आउने छन् र ‘नर्सिङ केयर जापनिज भाषा इभ्यालुयसन टेष्ट’मा १५ वटा प्रश्नहरू आउने छन । कम्प्युटर बेस्ड टेस्टिङ मेथडबाट लिइने परीक्षाको परिक्षाफल एक महिना पछि आउनेछ ।

परीक्षार्थीले नर्सिङ केयर स्किल इभ्यालुयसन टेष्टको लागि एक हजार जापानी येन र नर्सिङ केयर जापानिज भाषा इभ्यालुयसन टेष्ट’ को लागि १ हजार जापानी येन तिर्नु पर्नेछ। परीक्षाको मिति तय भइसकेपनि निवेदन दिने मिति भने अब केही समयमै तय हुने श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार महाशाखाका उपसचिव दिपक ढकालले जानकारी दिनुभयो । नेपाल सरकारको लामो प्रयाशपछि जापानले नेपाली कामदार लैजाने निर्णय गरेको थियो ।