जनता टाइम्स

१८ भाद्र २०७६, बुधबार १६:२८

स्याङ्जा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु


स्याङ्जा, भदौ १८

स्याङ्जाको गल्याङमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पाल्पाको हुँगीबाट गल्याङ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको जीप आज दिउसो दुर्घटनामा परेको हो ।

घाइते १४ जनाको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा र ५ जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार वालिङ –११ स्याङजाकी ३४ वर्षीया मञ्जु गैरे, वालिङ–१३ वायखोलाका नौ महिने बालक पल्सन परियार र रम्भा गाउँपालिका–१ की ७२ वर्षीया सीता नेपालीको मृत्यु भएको जनाएको छ ।

लु १ ज ३८४१ नम्बरको जिप विपरित दिशाबाट आउँदै गरेको बसलाई साइड दिँदा दुर्घटनामा परेको हुन सक्ने गल्याङ प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।जीपमा २३ यात्रु सवाररहेको बताइएको छ ।