Untitled Document

समानुपातिक तर्फ प्रदेश सांसदको नाम आज आयोगमा बुझाउनु पर्ने, काग्रेस अझै आन्तरिक तयारीमा

काठमाडौं, पुष १४

प्रदेशसभाअन्तर्गत समानुपातिकतर्फको नामावलीलाई अन्तिम रुप दिन निर्वाचन आयोगले दलहरुलाई प्रदान गरेका एक साताको समय आज सकिदैछ । आयोगले आज अपरान्ह ३ बजेसम्म अन्तिम सुची बुझाउने समय तोकेको छ । आयोगले तोकेको समयमा नाम बुझाउन अधिकाश दलले नाम तय गरिसकेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रले हिजो नै नाम तय गरिसकेका छन् भने नेपाली कांग्रेसको बैठक अहिले पनि जारी रहेको छ । अन्य दलले पनि नाम छनौट गरिसकेका छन् । आयोगले दलहरुले प्रदेशसभाको समानुपातिक तर्फ प्राप्त गरेको सिट बाँडफाँड गरी सांसदको सुची पठाउन गत साता दलहरुलाई पत्र पठाएको थियो । दलहरुले आफ्नो केन्द्रीय कार्यसमितीबाट अनुमोदन गर्दै आयोगलाई आफुले प्राप्त गरेको सिट संख्याका आधारमा क्लस्टर मिलाएर सूची बुझाउनुपर्नेछ ।

विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी लगायत केही साना दलले आयोगमा सूची बुझाएपनि ठूला दलहरुले आज मात्र सुची बुझाउने तयारी गरेका छन् । दलहरुले बुझाएको सूचीमा प्रक्रिया मिले नमिलेको रुजु गर्दै नमिलेको भए पुन ३ दिनको समय दिने निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलले जानकारी दिनुभयो । त्यसपछि मात्र प्रदेशसभाअन्तर्गत समानुपातिक तर्फको अन्तिम परिणाम सार्वजनिक हुनेछ । प्रदेशसभाको समानुपातिकमा २ सय २० सांसद चुनिनेछन् ।

December 29, 2017मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *