जनता टाइम्स

२० बैशाख २०७६, शुक्रबार १९:४५

सडकको घुलो हटाउन नाकामै गाडी धुनुपर्ने व्यवस्था


काठमाडौं, वैशाख २०

सरकारले काठमाण्डौका सडक सफा राख्न नाकामै गाडी धुने व्यवस्था गर्ने भएको छ । आर्थिक वर्ष २०७६\७७ को लागि संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा काठमाण्डौका सडक माटोरहित बनाउन नाकामा गाडी सफा गर्ने उल्लेख छ ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘सडक किनारालाई माटोरहित बनाउनुका साथै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरू र ठूला निर्माणस्थलहरूमा स्वचालित प्रविधिबाट सवारी साधन सफा गरी काठमाडौं उपत्यकाका सडकलाई धुलोमुक्त बनाइनेछ । निजी क्षेत्रसँगको सहकार्यमा उपत्यकालगायतका अन्य सहरी क्षेत्रमा वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सहरी सौन्दर्य कायम गर्न स्वच्छ सहर अभियान सञ्चारलन गरिनेछ ।’