जनता टाइम्स

२२ भाद्र २०७६, आईतवार ०८:२९

सरकारले सार्वजनिक गर्यो संविधान दिवसमा लगाउने राष्ट्रिय झण्डा अंकित टि-सर्ट, यस्तो छ डिजाइन


काठमाडौं, भदौ २२ । संविधान दिवस भब्य रूपमा मनाउने बताएको सरकारले राष्ट्रिय झण्डा अंकित टि-सर्टका नमूना सार्वजनिक गरेको छ। संविधान जारी भएको दिन असोज ३ गते संविधान दिवस सरकारी, गैरसरकारी तथा संघसंस्थाको सहयोगमा विभिन्न कार्यक्रम गरी मनाउने सरकारको योजना छ ।

राष्ट्रिय झण्डाको प्रयोग बढाउने बताएको सरकारले टि-सर्टमा पनि राष्ट्रिय झण्डा छाप्न मिल्ने भन्दै विभिन्न साइजका टि-सर्टका नमूना सार्वजनिक गरेको हो। गृह मन्त्रालयले सार्वजनिक गरेको टि-सर्टमा राष्ट्रिय झण्डालाई मुटुको माथि पर्ने गरी डिजाइन गरिएको छ। टि-सर्टको तीन वटा प्रकारमा कल्दर र बाहुलामा निलो रङ र अन्यत्र सेतो रङ भएका छन् भने एउटामा भने सबैतिर सेतो रङको मात्रै छ।

गृह मन्त्रालयले वेवसाइटमा राखेको सूचनाअनुसार राष्ट्रिय झण्डा अंकित टि-सर्ट संविधान दिवस, राष्ट्रिय दिवसमा प्रयोग गरिन्छ। यस्तै गृहले औपचारिक कार्यक्रममा राख्नका लागि राष्ट्रिय झण्डाका पाँच प्रकारका साइज पनि सार्वजनिक गरेको छ।