Untitled Document

मतगणना सूचारु गर्न माग गर्दै सडकमा उत्रिए भरतपुरका मतदाता

काठकाडौं, १६ जेठ– हार्ने निश्चित भएपछि मतपत्र च्यात्ने नेकपा माओवादी केन्द्रका नेता कार्यकर्तालाई कानुनी कारवाही गरी रोकिएको मतगणना सुचारु गर्न माग गर्दै चितवनको भरतपुरमा हजारौं मतदाता सडकमा उत्रिएका छन । प्रधानमन्त्री कार्यालय बालुवाटारमा योजना बनाई मध्यराती मतपत्र च्यातेपछि निर्वाचन आयोगले छानविन समिति बनाएर मतगणना स्थगित गरेको छ ।
माओवादी र कांग्रेस गठबन्धनबाट मेयरमा उम्मेदवार बनेकी प्रधानमन्त्री पुत्री रेणु दाहाललाई जसरी पनि जिताउन मतपत्र च्यातिएको तथ्य सार्वजनिक भएसँगै जनता सडकमा उत्रिएका हुन । आफू हार्ने भएपछि भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेका बेला पुन मतदान गराउने उद्धेश्यले माओवादीले मतपत्र च्यातेको थियो । उस्लाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ठाडो निर्देशनमा चितवन कांग्रेसले समेत साथ दिइरहेको छ । मत गणना अन्तिम चरणमा पुगेपछि मतपत्र च्यातेर माओवादी र कांग्रेसले पुनः मतदानको माग गर्दै आएको छ भने एमालेले पुनः मतदान अस्वीका गर्दै मत गणना अघि बढाउन माग गर्दै आएको छ । मतपत्र च्यात्नेमाथि कानुनी कारवाही र मतगणना सुचारु गर्न माग गर्दै मंगलवार बिहान भरतपुरमा हजारौंको जनप्रदर्शन भएको हो ।

माओवादी र कांग्रेस गठबन्धनबाट मेयरमा उम्मेदवार बनेकी प्रधानमन्त्री पुत्री रेणु दाहाललाई जसरी पनि जिताउन मतपत्र च्यातिएको तथ्य सार्वजनिक भएसँगै जनता सडकमा उत्रिएका हुन

 

एमाले चितवन जिल्ला कमिटीले मतपत्र च्यातिएको विरोध स्वरुप विरोध र्याली आयोजना गरेको हो । र्यालीमा हजारौंको सहभागिता छ । मतपत्र च्यात्ने माओवादी नेता मधु न्यौपाने र द्रोण सिवाकोटी भने प्रहरी हिरासतमा छन् । निर्वाचन हार्ने भएपछि प्रधानमन्त्री निवास बालुवाटारमै योजना बनाएर पुन मतदान गराउने उद्धेश्य अनुरुप मतपत्र च्यातिएको पुष्टि भइसकेको छ । मतगणनाको अन्तिम नतिजामा एमाले उम्मेदवार देवी ज्ञवालीले अग्रता कायम गरेका थिए ।

निर्वाचन हार्ने भएपछि प्रधानमन्त्री निवास बालुवाटारमै योजना बनाएर पुन मतदान गराउने उद्धेश्य अनुरुप मतपत्र च्यातिएको पुष्टि भइसकेको छ 

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी प्रधानमन्त्री पुत्री दाहाल करोडौं खर्च गर्दा पनि जनताको मतबाट पराजित हुने टुंगो लागेपछि माओवादीले मतपत्र च्यातेको थियो । उस्ले आफै अपराध गरेपनि पुनः मतदान हुनुपर्ने माग राखेको छ । माओवादी माग मतपत्र च्यात्ने अभियुक्तलाई कार्वाही नगरी एक पकट जनताले अस्वीकार गरेपनि पुनः मतदान गराई रेणुलाई बिजयी घोषणा गराउनु पर्ने रहेको छ ।

१६ जेष्ठ २०७४, मंगलवार १३:०५मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *