जनता टाइम्स

२४ भाद्र २०७६, मंगलवार ०९:००

भक्तपुर दरबार स्वायरमा चिनियाँ विदेशमन्त्रीको सेल्फी


भक्तपुर, भदौ २४

तीनदिने नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी मंगलबार विहानै भक्तपुर दरबार स्वायर पुग्नु भएको छ । उहाले त्यहा रहेका ऐतिहासिक स्थलको भ्रमण तथा अवलोकन गर्नुभएको छ । जहा उहाले नेपालका लागि चिनियाँ राजदूतसँग सेल्फी समेत खिच्नु भएको छ ।

भ्रमणको अन्तिम दिन उहा भक्तपुर पुग्नु भएको हो । बिहान साढे ७ बजेतिर दरबार स्क्वायर पुग्नु भएका मन्त्री यीले आफै तस्बिर खिँच्दै पाँचतले मन्दिर, दत्तात्रय मन्दिर समेत भ्रमण गर्नुभयो । तीन दिने भ्रमण पुरा गरेर उहा आज मध्यान्ह स्वदेश फर्किने कार्यक्रम रहेको छ ।