जनता टाइम्स

२५ भाद्र २०७६, बुधबार १७:२०

एकतालाई पुर्णता दिन नेकपाको सचिवालय बैठक सुरु : यस्ता छन एजेण्डा


काठमाडौं, भदौ २५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टी एकताका बाँकी कामलाई पूर्णता दिने एजेण्डा राखिएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट उपचार गराएर पर्कनु भएपछिको यो पहिलो सचिवालय बैठक हो । ओली सिंगापुर जानुभएपछि अध्यक्ष प्रचण्डले एक पटक बैठक बोलाउनु भएको थियो । सो बैठकले अनुशासन कायम गराउने सवालमा महत्वपुर्ण निर्णय गरेको छ । आजको बैठकमा केन्द्रीय आयोग, प्रवास कमिटी, केन्द्रीय बिभागका सदस्यहरुसहित एकताको बाँकी कामलाई पुर्णता दिने योजना छ । सोहीअनुसार बैठकअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच तीन पटक छलफल भएको छ ।

आजको बैठकबाट एकताको बाँकी काम टुंगो लगाउने गृहकार्य अनुरुप सिंगापुरबाट फर्किएपछि अर्का अध्यक्षद्वय ओली र प्रचण्डबीच लामो छलफलसमेत भएको छ । प्रधानमन्त्री ओली फर्किएपछि सांगठानिक एकताका बाँकी काम टुंगो लगाउन दुई अध्यक्षले गृहकार्य पूरा गरेपछि आजको सचिवालय बैठक बसेको हो । दुई अध्यक्षको छलफलमा महासचिव विष्णु पौडेलसमेत सहभागी भएका हुनुभएको थियो ।

महासचिव पौडेलले दुई अध्यक्षलाई पार्टी एकताको बाँकी कामलाई पूर्णता दिने प्रस्तावबारे जानकारी गराइसक्नु भएको छ । नेकपामा आयोग, जेष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटीलगायतका विभिन्न निकायको एकता टुंगिन बाँकी छ । केन्द्रीय बिभागहरुको प्रमुख–उपप्रमुख तोके पनि विभागले पनि पूर्णता पाउन सकेका छैनन ।