जनता टाइम्स

२७ भाद्र २०७६, शुक्रबार १०:०४

रोल्पाको थवाङ गाउँपालिकामा पहिरो – २ को लाश फेला, ४ बेपत्ता थप विवरण आउन बाँकी


रोल्पा , २७ भदौ । रोल्पाको थवाङ गाउँपालिका छेर्लाबाङमा गएराति गएको भिषण पहिरोमा ६ जना पुरिएका छन्। तीमध्ये २ जनाको लाश फेला परेको छ भने ४ जना बेपत्ता भएका छन्।

पहिरोमा ६ पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी चित्रबहादुर गुरुङले बताए। पुरिएका ६ जनामध्ये २ जनाको शव फेला परेको छर ४ जना भने हराइरहेको डिएसपी गुरुङले जानकारी दिनुभयो ।

छेर्लाबाङ एक हप्तादेखि पानी परिहेको थियो। निरन्तर पानी परेसँगै बिहीबार राति पहिरो गएर ठूलो क्षति भएको प्रहरीले जनाएको छ। पहिरोका कारण छेर्लाबाङको बस्ती नै जोखिममा परेको छ। अहिले स्थानीय र प्रहरी भएर उद्दारको काम भइरहेको छ।