जनता टाइम्स

२७ भाद्र २०७६, शुक्रबार १८:५४

नर्सिङ क्षेत्रका विकृति हटाएर गुणात्मक ढंगले सञ्चालन गर्न मेरो उम्मेद्वारी हो : नर्स तुलसादेवी अधिकारी


काठमाडौं, भदौ २७ । नेपाल नर्सिङ परिषद्को तीन सदस्य पदका लागि भदौ २८ गते शनिबार निर्वाचन हुँदैछ । सो निर्वाचनमा नर्स तुलसादेवी अधिकारी उम्मेद्वार हुनुहुन्छ । स्पष्ट भिजनसहित चुनावमा होमिनुभएकी अधिकारीसँग जनताटाइम्सले गरेको कुराकानीको सम्पादित अंश ।

नर्सिंङ परिषदमा तपाईको उमेद्वारी केका लागि र किन ?

नर्सिंड संघ २०५२ सालमा स्थापना भयो, तैपनि यो क्षेत्रमा नीति नियम बनाउन र थुप्रै युवा जमातलाई समेट्ने पहिलो कुरा भने देश संघीयतामा गैसकेको अवस्थालाई मध्यनजर गर्दै सोही अनुसार नर्सिङ परिषदलाई लैजान र नर्सिङ पेशालाई गुणात्मक ढंगले सञ्चालन गर्न मेरो उम्मेद्वारी हो । वास्तवमा नर्सि परिषद् गठन जम्मा तीन जना सदस्य रहने प्रावधान छ, यसमा नर्सेसहरुको सरोकारको विषय के बनिरहेको छ भने तीनजना सदस्यलेमात्र सशक्त भूमिका खेल्न नसक्ने र सरकार परिवर्तन हुनेवित्तिकै काम सुचारु नहुने आदि कारणले गर्दा काम प्रभावकारी नहुने समस्या छ । त्यसैले म सदस्य भैसकेपछि कम्तिमा पनि पचास प्रतिशत बोर्डका सदस्यहरु प्रत्यक्ष निर्वाचनबाट चयन हुनुपर्दछ अनि त्यो संस्था पुरा चारवर्षसम्म निर्वाध चल्छ र चल्नुपर्छ भन्ने मान्यता मैले राखेको छु र त्यो काम गर्न सकियो भनेमात्र बल्ल नर्सिङ पेशा प्रभावकारी भयो है भन्ने अनुभूति गराउनकालागि मेरो उमेद्वारी हो ।

तपाईले धेरै ऐन, नीति नियम परिवर्तन गर्ने कुरा अनि आफ्ना योजना पनि सुनाउनुभयो, तर चुनौति पनि होलान् नि ?

कुनैपनि काम गर्दा अवश्य पनि चुनौतिहरु हुन्छन् । जस्तो देशमा तीन तहको सरकार छ । यो पेशामा अवद्ध नर्सहरुलाई गाउँ गाउँमा पु¥याउनुपर्ने अवस्था छ । नेपाल सरकार स्वास्थ्य ऐन अन्तर्गत चलेको यो संस्था स्वायत्त संस्था हो । जसले गर्दा आफ्नै ऐन कानुन बनाएर अघि बढ्नुपर्छ । त्यसो भएकोले जुनसुकै निकायपनि पुरानै पारामा चल्ने बानी परेको हुन्छ । परिवर्तित हिसावले चल्न नचाहने प्रवृत्ति विद्यमान छ । जस्ले गर्दा यस क्षेत्रका सबै सरोकारवाला निकाय व्यक्ति सबैलाई समेटेर अघि बढ्नुपर्ने चुनौति छ । ति सबै चुनौतिलाई सामना गर्दै अघि बढ्ने आँट बोकेर मैदानमा उत्रिसकेको हुँदा म ति चुनौतिलाई सहजै सामना गर्न सक्षम हुने छु ।

समग्र नर्सिङ पेशामा श्रम शोषण भैरहेको गुनासाहरु सुन्नमा आएको छ, यस्ता समस्या समाधान होलान भनेर कसरी विश्वास गर्ने ?

२०२४ सालमा गरिएको सर्वेले जुन अनुपातमा नर्सिड दरवन्दी निर्धारण गर्यो आजसम्म पनि त्यही लागु भैरहेको अवस्था छ । त्यसबेला एकजना नर्सले जम्मा पाँच जना विरामी हेर्नुपर्दथ्यो भने आजका दिनमा २ जना नर्सले ४० जनासम्म विरामी हेर्नुपर्ने वाध्यता छ । यस्तो हुनुको प्रमुख कारण भनेको धेरै निजी कलेजबाट नर्स उत्पादन हुने तर सरकारी निकायमा दरवन्दी सिर्जना नगरेका कारण जाम भएको अवस्था छ । अनि तपाईले भनेजस्तै निकै कम सेवा सुविधामा काम गर्न वाध्य हुनुपरेको अवस्था साँचो हो । यि सबै विकृति विसंगतिको अन्त्य हुनुपर्दछ भनेर मैले आवाज उठाउँछु ।

पछिल्लो समय नर्सहरुको आँकडा कति छ रु र विदेश जाने ट्रेन हेर्दा त अत्यास लाग्दो छ हैन र ?

पछिल्लो आँकडा अनुसार ७५ हजारभन्दा बढी भैसकेको अवस्था छ भने नेपाल नर्सिङ संघको सदस्यहरु चाही १३ हजारको संख्यामा हुनुहुन्छ । जहाँसम्म विदेश जाने ट्रेनको कुरा छ, यता ट्राफिक जाम हुने भनेजति तलब नपाउने कारणले गर्दा यो अनुपात बढेको हो । तर यही विषयमा अर्को डरलाग्दो अवस्था के छ भने यहाँबाट नर्स पढेर गएकाहरु नर्स पेशमा काम गर्न नपाइरहेको पनि सुन्नमा आएको छ । नर्स उत्पादन मात्र हुने खपत नहुने कारणले गर्दा विदेशी मोह बढेको हुन सक्छ । अनि अर्को कारण भनेको हाम्रो शैक्षिक प्रणालीमा सुधार ल्याउन जरुरी छ । तबमात्र यो समस्या सदा सर्वदाका लागि समाधान हुन सक्दछ ।

नर्सको लाइसेन्स परीक्षा असफल हुने संख्या हेर्दा शैक्षिक गुणस्तर त खस्केको देखिन्छ नि, तपाई के भन्नुहुन्छ ?

यो यथार्थ हो । थेउरी र प्राक्टिकलको परीक्षा हुँदा विशेष गरी सम्बन्धन लिएर सञ्चालित कलेजहरुमा पर्याप्त प्राक्टिकलको अवसर नजुटेका कारण यो अवस्था आएको हुँदा नर्सिङ पठनपाठनको सिंगो अवस्था खस्क्यो भनियो भने गलत अर्थ लाग्न सक्छ । त्यसैले म के भन्छु भने बरु कोटा घटाएर भएपनि थेउरी र प्राक्टिकल राम्रो गराउनुपर्दछ । अर्थात अध्ययनको अवधिमै विरामी र विद्यार्थीको पनि मापदण्ड तोकिनुपर्दछ । यति विरामी हेरेपछिमात्रै प्रयोगात्मक परीक्षामा सामेल हुन पाउने प्रावधान हुनुपर्दछ । यि र यस्ता विविध विषयहरु जो खडकिरहेको छ, मेरो कार्यकालमा त्यस्ता विषयमाथि गहनढंगले अध्ययन गर्ने र ल्याप्सेसहरुको अन्त्यकालागि मेरो प्रयत्न रहने छ ।

थप एजेण्डा पनि छन कि ?

अन्त्यमा म के भन्न चाहन्छु भने एउटा नर्स बिरामीको र आफ्नो टिमको लिडर हो । त्यसैले नर्सलाई लिडरशीप म्यानेमेन्टको तालिम दिनुपर्दछ । त्यसो भयो भने सेवा लिने र सेवा दिने दुवै पक्षबीच सुमधुर सम्बन्ध स्थापित हुने अनि प्रभावकारी स्वास्थ्य सेवा पाउने वातावरण बन्न सक्दछ । त्यस्तै मेरो उम्मेद्वारी निम्न बुँदाका विषयगत उपलब्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बचन बद्दताका साथ हो ।

१. नेपालको संविधानले निर्दिष्ट गरे अनुसार नेपाल नर्सिङ परिषद्का नीति तथा कार्यहरु संघीय संरचनामा रूपान्तरण गर्न,

२. संघ तथा सबै प्रदेशमा नेपाल नर्सिङ परिषद्को कार्यालय तथा संगठन स्थापना गर्न,

३. परिषद्का सम्पुर्ण कार्यक्रमहरुको जानकरी समस्या अनुसार मबतबदबकभ गउमबतभ गरी यलष्लिभ कभचखष्अभक बिस्तार गर्न,

४. Monitoring, supervision, professional quality strengthening जस्ता नर्सिङ परिषद्का नियमित क्रियाकलापमा सरोकारवाला संस्थाहरु ९विभिन्न मन्त्रालय, विभाग, स्थानीय निकाय० सँग आवश्यक समन्वय गर्न,

५. शिक्षण संस्थाको साथै अस्पतालको पनि नियमित mयलष्तयचष्लन, कगउभचखष्कष्यल गरि मापदण्ड अनुसार नर्स, बिरामी अनुपात, बिरामी विद्याथी अनुपात तथा शिक्षक विद्यार्थी अनुपात उपयुुक्त आकारमा ल्याउन,

६. सबै विश्वविद्यालयमा नर्सिङ शिक्षाका पाठ्यक्रममा एकरुपता कायम गर्न,

७. सेवा प्रवाहमा प्रभावकारिता ल्याउन । आफ्नो अमूल्य मत प्रदान गरी विजयी गराउनुहुन पनि हार्दिक अनुरोध गर्दछु ।