जनता टाइम्स

२९ भाद्र २०७६, आईतवार १०:०६

गल्याङ उद्योग वाणिज्य संघमा नेकपा निकट व्यवसायी विजयी


स्याङ्जा, भदौ २९

गल्याङ उद्योग वाणिज्य संघको अध्यक्षमा वाम गठबन्धन निकट व्यवसायी यज्ञप्रसाद अर्याल विजयी हुनु भएको छ । शनिबार राति भएको मतगणनामा २ सय २५ मत प्राप्त गरी अर्याल अध्यक्ष पदमा विजयी हुनु भएको हो ।

उहाका निकटतम् प्रतिस्पर्धी कांग्रेस निकट व्यवसायी ध्रुव श्रेष्ठले २ सय १५ मत गर्नुभयो । वाम गठबन्धनबाट अध्यक्षसहित कोषाध्यक्ष र २ सदस्य र लोकतान्त्रिक समूह वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सह–कोषाध्यक्ष सहित ३ जना सदस्य पद हात परेको छ । वरिष्ठ उपाध्यक्षमा इन्द्र प्रसाद अधिकारी विजयी हुनु भएको छ ।

यस्तै सदस्यहरुमा अर्याल समुहका हुमकान्त पाठक, चिन्तामणी अर्याल, गुम प्रसाद थापा (गौतम), नर बहादुर गुरुङ, ऋषि बस्याल निर्वाचित हुनुभयो । कुल ४ सय ७० मत रहेको रहेको संघको निर्वाचनमा ४ सय ४५ मत खसेको थियो। गल्याङ उद्योग वाणिज्य संघलाई सबै उद्योगी व्यापारीको साझा संस्था बनाउने नवनिर्वाचित अध्यक्ष अर्यालले प्रतिवद्धता गर्नुभयो ।