जनता टाइम्स

२९ भाद्र २०७६, आईतवार १५:२८

रुपन्देहीमा फेरि गोली चल्यो, एक जनाको मृत्य


रुपन्देही, भदौ २९ । रुपन्देहीको रोहिणी गाउँपालिका ३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो अज्ञात समुहको गोली प्रहारबाट ओमसटिया ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) हृदय थापाका अनुसार लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा धकधई जाँदै गर्दा कुमीृमाथि गोली प्रहार भएको हो । उनको बायाँ कुममा गोली लागेको छ । गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाँकाको समूहले गोली हानेको बताएका छन । उनीहरुले कुर्मीसँग भएको रकम पनि लुटेको स्थानीयबासीले बताएका छन् । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।