Untitled Document

प्रदेश-५ सफथलगत्तै एमालेले चुन्यो बैचारिक नेता शंकर पोखरेललाई संसदीय दलको नेता

बुटवल, माघ ७

नेकपा एमाले प्रदेश ५ को संसदीय दलको नेतामा स्थायी कमिटी सदस्य शंकर पोखरेल चयन हुनुभएको छ । चुनाव अघि नै मुख्यमन्त्रीको घोषणा गरिएका बैचारिक नेता पोखरेललाई एमालेले सर्वसम्मत रुपमा दलको नेता चुनेको हो ।

पोखरेललाई मुख्यमन्त्री बनाउन एमाले मात्र नभई नेकपा माओवादी केन्द्रसमेत सहमत भइसकेको छ । प्रदेश ५ मा वाम गठबन्धनको बहुमत छ । आइतबार बुटवलमा सपथ लिएलगत्तै एमाले प्रदेशसभा संसदीय दलको बैठक बसेको थियो । बैठकले पोखरेललाई नेता चयन गरेको हो ।

बैठकमा पोखरेलले प्रदेश ५ को स्थायी राजधानी सबैलाई पायक पर्ने ठाउँमा हुने बताउनु भएको छ । सरकारले बुटलवलाई अस्थायी राजधानी तोकेको छ ।

January 21, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *