Untitled Document

जुँगु हत्याकाण्डमा जनजाती महासंघले भन्यो : कुलबहादुर तामाङको हत्यारालाई सरकारबाटै संरक्षण

दोलखा । नेपाल आदिवासी जनजाती महासंघले गौरीशंकर गाउँपालिका–१ जुँगु निवासी कुलबहादुर तामाङको हत्यारालाई संरक्षण गरी नेकपा माओवादी केन्द्र र सरकारले जनजातीको घोर अपमान गरेको निश्कर्ष निकालेको छ ।

चुनावको नाममा माओवादीले बैशाख २८ गते राती निर्दाेष जनजाती युवाको हत्या गरेको र उनका हत्यारालाई प्रधानमन्त्री पुष्पकमल दाहालले नै संरक्षण दिएको भन्दै आपत्ति जनाएको हो ।

महासंघले माओवादी आततायी जत्थाबाट मारिएका युवा जनजाती भएकै कारण केही गर्न सक्दैन भन्दै सरकारले हत्यारालाई संरक्षण दिएको आरोपसमेत लगाएको छ ।

नेपाल आदिवासी/जनजाती महासंघ जिल्ला समन्वय परिषद, दोलखाका अध्यक्ष जंगबहादुर गुरुङले बिज्ञप्ती जारी गर्दै जनताती समुदाय सोझा र इमान्दार छन भन्दै कुलबहादुर तामाङका हत्यारालाई बचाउने काम भइरहेको जनाई तत्काल पक्राउ गरी कार्वाही नगरे महासंघ जस्तोसुकै आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन ।

हत्यामा संलग्न अभियुक्तहरुबिरुद्ध जिल्ला प्रहरी कार्यालय दोलखामा पीडित परिवारले ज्यान मुद्दामा किटानी जाहेरी दर्ता गरेको लामो समयसम्म पनि अभियुक्त पक्राउ नगर्दा यतिबेला मृतक परिवारकै ज्यान जोखिममा परेको छ । उनीहरु पीडित परिवारलाई उल्टै ज्यान मार्ने धम्की दिइरहेका छन । पीडितले न्याय पाउनुको सट्टा उल्टै पीडितलाई नै यातना दिने काम यतिबेला भइरहेको स्वयं मृतकका परिवारले प्रहरी प्रशासन समक्ष गरेको बेदनाबाट प्रष्ट हुन्छ । जसबाट हामी एउटा होनहार आदीबासी/जनजाती युवा मारिदा सवै रमिते बनेको हो कि भन्ने महसुस गर्न बाध्य हुनुपरेको छ ।

उनले तामाङको हत्यारालाई पक्राउ गरी पीडित परिवारलाई न्याय दिनुका साथै हत्याराबाट बारम्बार धम्की आइ गाउँबाटै बिस्थापित हुन पुगेका मृतक परिवारलाई सहयोग गर्न देशभरका आदिवासी जनजाती समुदायमा अपिल समेत गरेको छन ।

महासंघले जारी गरेको बिज्ञप्ती यस्तो छ
दोलखाले फेरि एउटा होनहार आदिवासी÷जनजाती युवा गुमाउनु परेको छ । आदिवासी÷जनजातीको अधिकारको सवालमा सवैभन्दा अग्रभागमा रहेको वकालत गर्दै आएको दावी गर्ने नेकपा माओवादी केन्द्रले गौरीशंकर गाउँपालिका–१ निवासी कुलबहादुर तामाङको क्रुरतापुर्वक हत्या गरेको छ ।

स्थानीय तहको निर्वाचनको क्रममा माओवादी केन्द्रले गौरीशंकर गाउँपालिका वडा नं १ निवासी कुलबहादुर तामाङको निर्ममतापुर्वक हत्या गरेको २३ दिन बितेको छ । तर उनको हत्यामा संलग्न अभियुक्त अझै खुलेआम हिडिरहेका छन । सरकारले अपराधीलाई नै संरक्षण दिएपछि हत्यारालाई कानुनको कठघरामा उभ्याउन प्रहरी प्रशासन असफल बनेको अवस्था छ । जस्को कारण होनहार आदिवासी÷जनजाती युवाको हत्याराहरुको मनोवल झनै माथि उठेको छ ।

हत्यामा संलग्न अभियुक्तहरुबिरुद्ध जिल्ला प्रहरी कार्यालय दोलखामा पीडित परिवारले ज्यान मुद्दामा किटानी जाहेरी दर्ता गरेको लामो समयसम्म पनि अभियुक्त पक्राउ नगर्दा यतिबेला मृतक परिवारकै ज्यान जोखिममा परेको छ । उनीहरु पीडित परिवारलाई उल्टै ज्यान मार्ने धम्की दिइरहेका छन । पीडितले न्याय पाउनुको सट्टा उल्टै पीडितलाई नै यातना दिने काम यतिबेला भइरहेको स्वयं मृतकका परिवारले प्रहरी प्रशासन समक्ष गरेको बेदनाबाट प्रष्ट हुन्छ । जसबाट हामी एउटा होनहार आदीबासी/जनजाती युवा मारिदा सवै रमिते बनेको हो कि भन्ने महसुस गर्न बाध्य हुनुपरेको छ ।

नेकपा माओवादी केन्द्रले दोलखामा थुप्रै आदिवासी÷जनजाती युवाहरुको हत्या गरिसकेको छ । कथित जनयुद्धको नाममा थुप्रै आदिवासी जनजाती युवाहरुको नरसंहार गरेको माओवादीबाट पछिल्लो समय बैशाख २६ गते जुँगुका कुलबहादुर तामाङ शिकार हुनुभएको छ । तामाङको हत्याले मुलुकभरका सवै आदिवासी÷जनजाती समुदाय पीडासँगै आक्रोशमा छन । यो आक्रोशलाई बेलैमा सम्बोधन गर्दै हत्यामा संलग्न सवैलाई पक्राउ गरी कानूनी दायमारा ल्याउन र राजनीतिक आधारमा हाम्रा होनहार आदिवासी÷जनजाती युवाको हत्यामा संलग्नलाई जोगाउने वा मुद्दा कमजोर पार्ने काम नहोस भन्ने बिनम्रतापुर्वक अपिल गर्न चाहन्छौं ।

कुलबहादुर तामाङको हत्यामा संलग्न अभियुक्तलाई जोगाउन भुमिका खेल्ने जोकोहीको तथ्यांक राखी हत्यारा जोगाउने प्रमुख योजनाकार र आदिवासी जनजातीको प्रमुख दुश्मनका रुपमा देशभर लैजान बाध्य हुने जानकारीसमेत यसै बिज्ञप्तीमार्फत दिन चाहन्छौं ।

१९ जेष्ठ २०७४, शुक्रबार २०:२३मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *