जनता टाइम्स

३१ भाद्र २०७६, मंगलवार ०९:२२

काभ्रेको पाँचखालका खेतमा हेलिकप्टर नै हेलिकप्टर


काठमाडौं, भदौ ३१

मौसम खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रियमा बिहान उडान अवरुद्ध चार वटा हेलिकोप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण भएका छन् । बाक्लो हुस्सु लागेको कारण विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी कम भएकाले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको थियो ।

लुक्लाबाट काठमाडौ उडेका ४ वटा हेलिकप्टर खराव मौषमका कारण काभ्रेको पाँचखालमा आकस्मिक अवतरण भएको त्यहाबाट पत्रकार मोतिराम तिमल्सिनाले जानकारी दिनु भएको छ । उहाका अनुसार मनाङ्ग एयर, सिम्रिक, कैलाश एयरका ४ वटा हेलिकप्टर पाँचखाल २ जोरपाटी र हर्सेमा आकस्मिक अवतरण गरेका हुन् । ४ चालक सहित विदेशी पर्यटक २१ जना सकुशल रहेका छन् ।

त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार विहान भिजिबिलिटी कम भएपनि अहिले भने सूचारु भएको जानकारी दिनुभयो । भिजिबिलिटी कम भएकाले विमानको उडान र अवतरण विहान बन्द गरिएको महानिर्देशक क्षेत्रीले बताउनु भयो । भिजिबिलिटी कम भएका कारण कतार एयरको विमान कोटेश्वरको आकाशमा आईसकेपछि पनि डाइभर्ट गरिएको थियो ।