जनता टाइम्स

३१ भाद्र २०७६, मंगलवार १५:०१

सरकारले बाह्य लगानी भित्र्याउने कामलाई उच्च प्राथमिकता दिएको छ : परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौं, भदौ ३१ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले मुलुकको राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाएको प्रष्ट पार्नुभएको छ । पूर्व सांसद मञ्च, नेपालले काठमाडौंमा आज आयोजना गरेको एक कार्यक्रममा मन्त्री ज्ञवालीले सो भनाई राख्नुभएको हो ।

उहाँले मुलुकको सार्वभौमिकताको रक्षा, राष्ट्रिय हित र सबै राष्ट्रसँग मित्रतापूर्ण सम्बन्ध राखेर अघि बढने मुलुकको परराष्ट्र नीति रहेको पनि प्रष्ट पार्नुभयो । यस्तै भारत र चीन दुवै छिमेकसँगको सम्बन्धलाई अझै सुदृढ बनाइएको बताउनु भयो ।

विश्व शान्ति, न्याय र समृद्धि नेपालले चाहेकाले सोही अनुसारको अन्तराष्ट्रिय सम्बन्धको विकासमा जोड दिइएको प्रष्ट पार्दै मन्त्री ज्ञवालीले मुलुकको समृद्धिका लागि सरकारले बाह्य लगानी भित्र्याउने कामलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।