Untitled Document

प्रधानसेनापतिको कडा चेतावानी-‘नेपाली सेना बिखण्डनकारीको तमासा हेरेर बस्दैन’

पोखरा । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना बिखण्डनकारीहरुको तमासा हेरेर बस्न नसक्ने चेतावनी दिएका छन् ।

मुलुकमा सामाजिक सद्भाव खल्बलाउने दुस्प्रयास भइरहेको भन्दै सेनापति क्षत्रीले नेपाली सेनालाई संविधानले दिएको अधिकार प्रयोग गरी बिखण्डनकारीहरुलाई परास्त गर्ने बताए ।

पोखराको फुलबारी ब्यारेकमा आयोजित भूपूसैनिक सम्मेलनलाई सम्बोधन गर्दै सेनापति क्षत्रीले राजनीतिक बहानामा बिखण्डनकारीहरुले सामाजिक सदभाव खल्बल्याउने दुस्प्रयास गरिरहेको बताए ।

मुलकभित्र बसोबास गर्ने अनि बिखण्डनकारी भूमिका खेल्दै सामाजिक सद्भाव खल्बल्याउने दुसप्रयास गर्नेलाई नेपालको संविधानको अधिनमा रही परास्त गर्न नेपाली सेना तयार रहेको उनले बताए ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधिनताको रक्षा गर्नका लागि सेना प्रवद्ध रहेको उनले बताए । प्रधानसेनापति क्षत्रीले पहिलो चरणको स्थानीय चुनाव सम्पन्न गन नेपाली सेनाको ठूलो भूमिका खेलेको र दोश्रो चरणमा सेनाले आफ्नो तर्फबाट निभाउनुपर्ने भूमिका निभाउने बताए ।

कार्यक्रममा अवकास प्राप्त विभिन्न सैनिकहरुलाई सम्मान तथा सैनिक कल्याणकारी कोषबाट सञ्चालित विभिन्न कर्जाहरु समेत प्रदान गरिएको थियो ।

१९ जेष्ठ २०७४, शुक्रबार २०:४९मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *