जनता टाइम्स

१ आश्विन २०७६, बुधबार १६:२२

बिप्लव समुहको यस्तो पोल खोल्दै दुई नेताले रोजे सत्तारुढ नेकपा


काठमाडौं, असोज १ । प्रतिबन्धित नेत्रबिक्रम चन्द (बिप्लव समुह) का दुई जना नेता सत्तारुढ नेकपामा प्रवेश गरेका छन । बिप्लव समुहका पर्वत जिल्ला सेक्रेटरी भीमबहादुर हमाल (अल्बर्ट) र जलजला गाउपालिका इन्चार्ज धनञ्जय मल्ल आज नेकपामा प्रवेश गर्नुभएको हो ।

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रमबीच महासचिव बिष्णु पौडेलले बिप्तव समुह त्यागेका दुवै नेतालाई नेतालाई स्वागत गर्नुभयो । सो क्रममा दुवै नेताले बिप्लव समुहबाट ध्वंसबाहेक अरु नहुने निश्कर्षका साथ आफूहरु नेकपामा प्रवेश गरेको बताउनु भयो ।

सो क्रममा महासचिव पौडेलले दुवै नेतालाई उचित जिम्मेवारीसहित ब्यवस्थापन गर्नेआश्वासन पदनुभएको छ ।