जनता टाइम्स

२२ बैशाख २०७६, आईतवार १०:४३

महोत्तरीका ११ सीमानाका ‘सिल’


गौशाला, बैशाख २२

भारतमा भइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै महोत्तरी जिल्लासँग जोडिएका ११ सीमानाका आइतबार बिहानदेखि ‘सिल’ गरिएको छ । भारतको बिहार राज्यको विभिन्न लोकसभा सिटमा सोमबार हुने निर्वाचनलाई ध्यानमा राख्दै आइतबार बिहान ५ बजेदेखि सोमबार साँझ ५ बजेसम्मका लागि महोत्तरीका सीमानाका सिल गर्नुका साथै सीमानाका क्षेत्रमा उच्च सतर्कता अपनाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

भारतको बिहार राज्यको सीतामढी, मधुबनी जिल्लासँग सीमा जोडिएको महोत्तरीका ११ ओटै नाकामा सिल गरिएको छ । अहिले सीमानाकामा नेपाल-भारत दुवैतर्फ उल्लेख्यरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने अत्यावश्यक सेवाबाहेकका सवारी र मानिसको आवत–जावतमा रोक लगाइएको छ । सीमा क्षेत्रको नेपाली बजारमा मदिरा पदार्थको बेचबिखनमा पनि रोक लगाइएको छ ।