जनता टाइम्स

३ आश्विन २०७६, शुक्रबार ०८:४६

नेकपाका पूर्वसांसद दाहालको निधन


काठमाडौं, असोज ३

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नेता एवम् पूर्वसांसद हरि दाहाल ‘बैरागी’ निधन भएको छ । ब्रेनह्यामरेजका कारण लामो समयदेखि उपचार गराउँदै आउनु भएका दाहालको शुक्रबार विहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उहाको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि विहान १० बजेदेखी ११ बजेसम्म पार्टी कार्यालय धुम्रबाराहीमा राखिने भएको छ । उहालाई जलविद्युत क्षेत्रका अभियन्ताका रुपमा परिचय स्थापित गर्नुभएको थियो । दाहाल ०५१ मा तत्कालिन नेकपा (एमाले) को तर्फबाट संखुवासभाबाट सांसदका रुपमा निर्वाचित हुनु भएको थियो । उहाको शुक्रबार नै अन्तिम दाहासंस्कार गरिने बताइएको छ ।