जनता टाइम्स

४ आश्विन २०७६, शनिबार १४:०३

पाँच महिलाले यसरी असुली गरे बीस नेता–सरकारी अधिकृतबाट १५ करोड भारु


काठमाडौं, असोज ४ । भारतको मध्यप्रदेशका कयैन नेता र सरकारी अधिकृतलाई व्ल्याकमेल गरेर करोडौँ रकम उठाउने पाँच महिला पक्राउ परेका छन् । तिनलाई पक्रनको लागि प्रहरी र आतकंवाद विरोधी स्क्वाड (एटीएस) को प्रयोग गरी ती महिलाहरु पक्राउ गरिएको भारतीय समाचार एजेन्सीले जनाएका छन । अनुसन्धानका क्रमले ती पाँच महिलाले झण्डै २० जनालाई आफ्नो जालमा फँसाएर तिनको आपत्तीजनक भिडियो बनाएको र ती भिडियो इन्टरनेटमा हालिदिने धम्की दिएर १५ करोड भारु उठाएको देखिएको प्रहरीले बताएको छ ।

तिनले आफूले शिकार बनाएका धनाढ्यबाट ५० लाखदेखि तीन करोड भारुसम्म उठाएको पाइएको छ । पक्राउ परेका महिलाका मोबाइल जाँचमा करिब ९० आपत्तिजनक भिडियो प्राप्त भएको प्रहरीको भनाई छ । यसमध्य ३० भिडियोमा आईएएस, आईपीएस अधिकारी र नेताहरुका छन् । प्रहरीले तिनलाई पक्राउ नगरेको भए पनि फोरेन्सीक जाँच सिफारिस गरेको छ ।

यस प्रकरणमा थप ५–६ युवती सामेल रहेको अनुसन्धानमा संलग्न अधिकारीहरुले जनाएका छन । यो कामको मुख्य योजनाकार श्वेता जैन, विजय र श्वेता जैन स्वम्निल मानिएका छन् । ती दुईसँगै बरखा अमित सोनीलाई एक निगम इन्जिनियरबाट ३ करोड मागेको आरोपमा जेल पठाएको छ । अन्य आरोपीहरु आरती दयाल, छात्रा मोनिका यादव र ड्राइभर ओम प्रकाशलाई भोलि सेप्टेम्बर २२ सम्म इन्दौर प्रहरीको हिरासतमा राख्ने अनुमती दिएको छ ।

यी महिलाको फन्दामा पर्ने धेरै जसो अधिकारीहरु राज्यका इन्दौर र भोपाल क्षेत्रका छन् । ती महिला त्यस क्षेत्रको क्लबमा आउने जाने गर्ने र त्यहीँ आउ जाउ गर्ने सरकारी अधिकारीलाई फसाउने गरेको खुलेको छ । प्रदेशका शिर्ष आईएएस अधिकारी र इन्दौर नगर निगमका इञ्जिनियरसँग भएको हनी ट्रयापलाई प्रहरीले एक संगठित अपराध मानेको छ ।

सरकार र प्रशासनका शीर्ष अधिकारी संलग्न भएका कारण भारतको आतंकवाद विरोधी एजेन्सीले नै यसको अनुसन्धान थालेको थियो । देशका गोप्य सूचना थुत्न आतंकवादीहरु पनि यस्तो कार्यमा प्रयोग हुन सक्ने आशंकामा १५ सदस्यीय एटीएस परिचालन भएको थियो । हनी ट्रयापमा संलग्न महिलाहरु लेट नाइट पार्टीका सौखिन रहेको अनुसन्धान अधिकारीको भनाई छ । तिनका मोबाइल फोनमा त्यस्तो पार्टीका कयैन भिडियो भेटिएको छ ।

धेरैजसो पार्टी भोपाल–इन्दौर चार लेन सडकको दायाँवायाँ रहेका रिसोर्ट, होटल वा फार्म हाउसमा हुन्थ्यो । तिनमा आईएएस–आईपीएस अधिकारलाई पनि बोलाइन्थ्यो । सोही पार्टीको माध्यमबाट उनीहरुले फसाएको पाइएको छ ।