Untitled Document

प्रदेश नम्बर १ का मुख्यमन्त्रीका दावेदार शेरधन राई भन्नुहुन्छ : मुख्यमन्त्रीका लागि सक्षम छु, मेरो विकल्प पार्टीले सोचेको छैन

भोजपुर, १६ माघ

नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रदेश नम्बर १ को मुख्यमन्त्रीका लागि आफू सक्षम रहेको र आफनो विकल्प पार्टीले नसोचेको बताउनुभएको छ । जिल्लाको पौवादुङ्गा गाउँपालिकाका वार्षिक बजेट र कार्यक्रम घोषणासभामा उहाँले आफू प्रदेश नं. १ को सरकारको नेतृत्वका लागि सक्षम रहेको बताउनुभयो ।

भोजपुर निर्वाचन क्षेत्र नं. २ ९ख० बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका नेता राईले भन्नुभयो– “प्रदेश सरकारको नेतृत्वको दौडमा म बलियोरुपमा प्रस्तुत भएको छु, सम्भव मुख्यमन्त्रीको जिम्मेवारी मेरो काँधमा आउनेछ ।” नेता राईले आउँदो फागुन पहिलो साताभित्र केन्द्र र प्रदेश सरकार बनिसक्ने र नयाँ सरकार बनेपछि मुलुकमा समृद्धिको महाअभियान शुरु हुने बताउँदै अब नेपाल कुनै अलमल र अराजकतामा नफस्ने दावी गर्नुभयो ।

मुलुकका सात मध्ये छ वटा प्रदेशमा वाम गठबन्धनले सरकारको नेतृत्व गर्ने र अबको पाँच वर्ष जनताले दिएको जनादेशबमोजिम केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर देश विकासको योजनावद्ध अभियान सञ्चालन गरिने पनि उहाँले बताउनुभयो ।

January 30, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *